घरमा ग्रिलको प्रयोग बढ्दो

For Trade Inquiry

घर निर्माणमा भएको वृद्धिसँगै अहिले ग्रिलको प्रयोग बढ्दै गएको छ । ठूला घर, अपार्टमेण्ट र व्यावसायिक भवनको निर्माणले तीव्रता पाएपछि यसको बजार बढेको ग्रिल तथा स्टील व्यवसायी महासङ्घ नेपालका अध्यक्ष मोहन कटुवाल बताउँछन् । घरका झ्याल, ढोका, सटर र कम्पाउण्डमा लगाइने बार, स्टील रेलिङ, च्यानल गेट, रेडिमेड बुट्टालगायत सामान ग्रिल उद्योगबाट तयार गरिन्छ ।

पछिल्लो समय नयाँ भवनमा ग्रिलका उत्पादन अनिवार्य बन्दै गएका छन् । यस्ता सामान प्रयोग गरिएका घर तथा भवन तुलनात्मक रूपमा बढी सुरक्षित मानिन्छन् । ग्रिलको प्रयोगले घर आकर्षक बनाउनसमेत मद्दत पु¥याउने कटुवालको भनाइ छ । ग्रिललाई काठको विकल्पका रूपमा प्रयोग गर्ने प्रचलन छ । सजिलो, आवश्यकताअनुसारको डिजाइन र घामपानीले असर नगर्ने भएकाले पनि ग्रिलको प्रयोग बढेको हो ।

अहिले नेपालमा ९ हजारभन्दा बढी ग्रिल उद्योग सञ्चालनमा छन् । यस्ता उद्योगबाट घरायसी सामानदेखि ठूला पूर्वाधार र उद्योगका लागि आवश्यक सामानसमेत उत्पादन हुन्छन् । नेपालमा ग्रिलको वार्षिक व्यापार १० देखि १५ प्रतिशतसम्म बढ्ने गरेको कटुवालको भनाइ छ । यो व्यवसायमा प्रत्यक्ष–अप्रत्यक्ष गरी १ लाख ५० हजार मानिसले रोजगारी पाएका छन् ।

दक्ष कामदारको समस्या
व्यवसाय बढेसँगै ग्रिल उद्योगमा मागअनुसार दक्ष कामदार पाउन नसकिएको व्यवसायीहरू बताउँछन् । अधिकांश कामदारहरू तालीम नलिई काम गरिरहेका छन् । त्यस्तै, औपचारिक शिक्षाको कमीका कारण नयाँ प्रविधिको प्रयोग पनि पर्याप्त हुन सकेको छैन । हाल ग्रिल उद्योगमा रहेका ९५ प्रतिशत कामदारले एसएलसीसम्मको अध्ययन पनि पूरा नगरेको कटुवालले बताए । भएका दक्ष कामदार पनि विदेश जाने क्रम बढेकाले उद्योगमा जनशक्तिको अभाव हुन थालेको हो । नेपालमा आम्दानी कम हुँदा कामदारहरू विदेशिन बाध्य भएको व्यवसायीहरू बताँउछन् । त्यस्तै, लोडशेडिङ र विभिन्न राजनीतिक दलले गर्ने हडतालले पनि समस्या आएको छ ।

भूकम्पीय जोखीम कम गर्न ग्रिलका कोठा
जग बलियो नभएका घरहरूमा कोठा थप्दा ग्रिलको प्रयोग गर्ने प्रचलन छ । यस्ता घरहरूमा ढलान गर्दा घर झन् कमजोर हुन्छ । त्यसैले, ग्रिलको ट्रष्ट बनाएर घरको छतमा किचेन, गेष्टरूम, लिभिङ रूम, स्टोरलगायत प्रयोजनका लागि कोठा थप्न सकिने कटुवालको भनाइ छ ।

ग्रिलका सामग्रीलाई खियाबाट जोगाउने उपाय
फलामका ढोका, झ्याल तथा बारले घर जग्गालाई सुरक्षा प्रदान गर्नुका साथै आकर्षणसमेत बढाउँछ । घरभन्दा बाहिरी भागमा निर्माण तथा प्रयोग गरिने भएकाले फलामका ढोका तथा बारमा स्वाभाविक रूपमा खिया लाग्ने गर्छ । झन् यस्ता ढोका तथा बारलाई आकर्षक देखाउन भरिएका विभिन्न बुट्टामा शीतसमेत जम्छ । यसकारण तिनीहरू खिइने सम्भावना बढी हुन्छ । आफ्नो घर तथा बगैंचावरपर प्रयोग गरिएका यस खालका ढोका तथा बारको समयसमयमा अवलोकन गर्नुपर्छ । फलामका संरचनाको सुरक्षाका लागि यहाँ केही उपाय प्रस्तुत गरिएको छ :

आवश्यक सामग्री
– पञ्जा
– चक
– खाक्सी (स्याण्ड पेपर), स्टील उल
– तार ब्रस (वायर ब्रस)
– खनिज स्पिरिट
– पुराना कपडा
– खिया हटाउन सहयोग गर्ने प्राइमर
– आयलमा आधारित इनामेल रङ
– २ देखि ३ इञ्चको पेण्ट ब्रस

हेरचाह
– फलामका ढोका, झ्याल तथा बारमा प्रयोग गरिएको रङ खुइलिएको वा खिया लागे÷नलागेको समयसमयमा जाँच्नुपर्छ । यसो गर्दा जडान तथा बुट्टा भरेका स्थानमा विशेष ध्यान दिनु जरुरी छ । किनभने, यस्ता स्थानमा ओस पर्ने बढी सम्भावना हुन्छ, जसका कारण फलामका सामग्रीमा चाँडै खिया लाग्न सक्छ ।

– मर्मत गर्नुपर्ने स्थानमा पेण्ट वा चकको सहायताले चिह्न लगाउनुपर्दछ ।

– जम्मा भएर बसेका धूलोलगायत फोहोर हटाउन खाक्सी वा स्टीलको भाँडा माझ्ने जालीको प्रयोग गर्न सकिन्छ । कडा फोहर तथा खुइलिएको पेण्ट हटाउन तार ब्रसको समेत प्रयोग गर्न सकिन्छ ।

– खनिज स्पिरिटको प्रयोग गरी (दलेर) धातुमा रहेका अनावश्यक दाग तथा खिया हटाउन सकिन्छ । यसो गरेपछि ढोका तथा बारलाई राम्ररी सुक्न दिनुपर्छ ।

– राम्ररी सुकेपछि त्यसमा पेण्ट प्राइमरको प्रयोग गर्नुपर्छ । आफ्नो आवश्यकता एवम् ढोका तथा बारको अवस्था हेरेर यो प्रक्रिया दोहोर्‍याउन पनि सकिन्छ ।

– प्राइमरको माथिल्लो (पहिलो) तहमा नयाँ ब्रसको सहायताले आयलमा आधारित इनामेल पेण्ट लगाउनुपर्छ । यसो गर्दा सकेसम्म एकनासले लगाउने प्रयास गर्नु राम्रो हुन्छ । यसरी पहिलो कोट पूरा भएर राम्ररी सुकेपछि दोस्रो कोट (तह) लगाउनुपर्छ ।

बचाउ
– नयाँ फलामका ढोका, झ्याल तथा बार जडान गरेपछि तिनमा कुनै खिया लागेको, कोरिएकोलगायत राम्ररी परीक्षण गर्नुपर्छ । कोरिएका तथा खिया लागेका स्थानमा सजिलै ओस लाग्ने सम्भावना रहन्छ । यसका कारण फलामसँग सम्पर्कमा आउँदा सामग्रीमा सजिलै खिया लाग्छ ।

– ओस जम्ने हरेक स्थान (बुट्टा, ≈याण्डल तथा जोर्नी)लगायतको राम्ररी जाँच गर्नुपर्छ । यस्ता स्थानमा खियाप्रतिरोधी (रष्ट ब्लकर)को प्रयोग गर्नु उपयुक्त हुन्छ ।

– विक्रेताले बिर्सिएका वा छाडेका स्थानमा रष्ट रिमुभर (खिया हटाउन सघाउने स्प्रे)को प्रयोग गर्नुपर्छ । साना स्थानमा यसको स्प्रे गरेपश्चात् करीब १५ मिनेटजति कुर्नुपर्छ । त्यसैगरी, अत्यधिक खिया लागेका स्थानका लागि भने करीब २ घण्टासम्म पनि कुर्नुपर्ने हुन सक्छ । यसपछि ढोका तथा बारमा तेल, ग्रिजलगायत चिल्लो पदार्थको प्रयोग भएका स्थानमा डिग्रिजर (चिल्लो हटाउने)को प्रयोग गर्नुपर्छ ।

– ढोका तथा बारका ठूला भागमा खियाप्रतिरोधी पेण्टको प्रयोग गर्न रोलर ब्रसको प्रयोग गर्न सकिन्छ । त्यसैगरी, साना स्थानका लागि भने मसिनो ब्रसको प्रयोग गर्नुपर्छ । खुला, ठूला तथा साना हरेक भागमा यसको प्रयोग गर्नुपर्छ । कुनै स्थान छुटाउनु हुँदैन ।

– रष्ट कन्भर्टरका माथि रोलर, ब्रस वा स्प्रेगनको प्रयोग गरी प्राइमर लगाउनुपर्छ । त्यसपछि प्राइमरलाई राम्ररी सुकाउनुपर्छ । यसमाथि दुई तह (आवश्यकता र इच्छाअनुसार) आयलमा आधारित पेण्टको प्रयोग गर्नुपर्छ । यसबाट बाहिर प्रयोग गरिने फलामे सामग्रीको आयुसमेत लम्ब्याउन सहयोग मिल्छ ।

Source: abhiyan

Copyright 2015 by Nepal Construction. All Rights Reserved.
Skip to toolbar