Bitumin and quality and standard

0

वातावरण, जमिनको बनोट र भारबहन गर्ने क्षमताका हिसाबले पनि ५० ग्रेडभन्दा तलको बिटुमिन प्रयोग गरिनु हुँदैन /

इआरएमसी, जसको परामर्शमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा लुम्बिनी विमानस्थलको काम भइरहेको छ, उक्त परामर्शदाता इन्जिनियरिङ फर्मका मेनेजिङ डाइरेक्टर उद्धव चौलागाईका अनुसार ५० ग्रेडभन्दा तलको बिटुमिनको प्रेस्क्रिप्सन नै दिने नगरेको बताउँछन्

हाइवे, राजधानीभित्रकै सडक वा स्थानीय सडक यिनमा प्रयोग भएको निर्माण सामग्रीको मापदण्ड स्तरीय नहुँदा नै सडकहरुको यो दुदर्सा भएको हो । त्यसमा पनि धावन मार्गका हकमा त कुनै कम्प्रोमाइज नै हुन सक्तैन ।’उक्त ग्रेड भन्दा तलको बिटुमिन भने ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा मात्रै प्रयोग गर्न मिल्ने विकासविद्हरुको भनाइ छ । जुन बिटुमिनको प्रयोग गर्दा गुणस्तर कायम हुन सक्दैन । नेपालको वातावरण, तापक्रम हेर्दा जस्तै, काठमाडौंको नै कुरा गरौं, चिसो मौसममा उच्च भनेकै १८–२० डिग्री सेल्सियस वा त्यो भन्दा कम हुन सक्छ भने गर्मी मौसमको जेठ असारकै कुरा गर्दा पनि ३२–३५ डिग्री सेल्सियससम्म मात्र हुने गरेको देखिन्छ ।यसखाले तापक्रम भएको मुलुकमा ५० ग्रेडभन्दा तलको बिटुमिन प्रयोग गरिनु हुँदैन । बिटुुमिनको मूल्यबारे प्रश्न गर्दा यतिबेला बिटुमिन  उद्योगले प्रति मेट्रिक टन ७५ हजार ६ सय रुपियाँ मूल्य पर्ने जानकारी दिएको छ ।तर, नेपाली निर्माण व्यवसायीहरुले कमसल बिटुमिन नै प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ । जसका कारण राजधानीकै सडकको कालोपत्रे पनि छिट्टै उप्कने गरेका छन् ।
प्रयोग अघि बिटुमिन परीक्षण गर्नुपर्ने हुन्छ । परीक्षण गर्दा कुन स्थानको तापक्रम, जमिनको बनोट आदि कस्तो छ र त्यो सडकमा कुन स्तरको बिटुमिन उपयुक्त छ भनी निक्र्यौल गरिनु पर्छ ।

कस्तो गुणस्तर प्रयोग भएको होला त ?

यसका लागि परामर्शदाता इन्जिनियरहरुले सुझाव दिने काम गर्छन् । तर, कमसल काम गर्ने बानी परेका जोकोहीले पनि मिलेमतोमा जस्तो गुणस्तरमा पनि कम्प्रोमाइज गर्ने गरेको अध्ययनले देखाएको छ ।सिमेन्टको गुणस्तर चेक गर्दको अनुभव सुनाउँदै गुणस्तर तथा नापतौल विभागको एक अधिकारी भन्छन्, ‘प्रयोगशालामा चेक गर्न भनेर जहिले उच्च गुणस्तरकै ल्याउने र प्रमाणपत्र लैजाने गरेकाहरुले काममा भने त्यो भन्दा तल्लो गुणस्तरमा सामान प्याकिङ गरेको पनि पाइएको छ । यतिसम्मकि, कहिले त स्टेन्डर्ड मिट नै नहुने सामग्री पनि परीक्षण गर्न ल्याएर प्रमाणपत्र चाहियो भन्नेहरु त भेटेका छौं ।’उनको भनाइ अनुसार निर्माण सामग्रीको प्रयोग गर्दा परीक्षण एउटा र प्रयोग अर्कै गरेको पाइएको छ । तर, कारबाही किन हुँदैन त ? भन्ने प्रश्नमा हामी परीक्षण गर्नेबाहेक पुरस्कृत वा दण्ड दिने निकाय त होइनौं त !’ Source:nirmansanchar

August 15, 2020 |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + seven =

Copyright 2015 by Nepal Construction. All Rights Reserved.
Skip to toolbar