Kalanki Nepals first underground road in operation partially

0

 

राजधानीकै पहिलो अन्डरपास सञ्चालनमा,

  राजधानीकै पहिलो कलंकी अन्डरपास सञ्चालनमा आएको छ । चीन सरकारको सहयोगमा सन् २०१६ मा सुरु गरेको कलंकी अन्डरपास २ वर्षमा निर्माण सम्पन्न भएको हो 

अन्डरपासको लम्बाई ८ सय मिटर रहेको छ ।

भण्डारीका अनुसार शुक्रबार मध्यान्हदेखि अन्डरपास सञ्चालनमा आएको हो । तर, ४ लेनको अन्डरपास निर्माण भएपनि यतिबेला तत्कालका लागि २ लाइन मात्रै सञ्चालन गरिएको भण्डारीको भनाइ छ ।

निर्माण सञ्चारसँग उनले भने, ‘भदौ १ गतेबाटै चारै लाइनको अन्डरपास सञ्चालन गर्ने योजना थियो, तर फिनिसिङको अन्तिम काम अझै केही कतै बाँकी छ । त्यसैले २ लेन भने खुल्न सकेन ।’

उनका अनुसार बाँकी २ लेन पनि केही महिनामै सञ्चालनमा ल्याइने छ । निर्माण कम्पनीको सामानहरु हटाउन बाँकी रहेको हुनाले २ लेन खुल्न समय लाग्ने भएको उनको स्पाष्टोक्ति छ ।

निर्माण कार्य सुरु गरेको ६ महिना भित्र पूरा गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले अन्डरपास निर्माण धकेलिएको थियो । पटक पटक म्याद थपेर निर्माण सम्पन्न भएको छ ।

चक्रपथ सुधार परियोजना अन्तर्गतको बनेको यो अन्डरपास नेपालकै पहिलो रहेको छ । योसँगै कलंकी कोटेश्वर सडक पनि अब चाँडै सञ्चालनमा आउने भएको छ ।

अन्डरपासको सञ्चालनले कलंकीमा हुने गरेको भन्टौं लामो जाम हट्ने अपेक्षा राखिएको छ ।

अन्डरपासको सञ्चालनसँगै चक्रपथको स्तरोन्नति पनि भइसकेको अवस्थामा तलको तस्वीरमा देखाइए जस्तै कलंकी चोक हुने बताइएको थियो 

Source: nirman sanchar

September 17, 2018 |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright 2015 by Nepal Construction. All Rights Reserved.
Skip to toolbar