Aluminium Business Increased

Aluminium business increased

HIGHLIGHTS

  • Aluminium  business is very sound at present.
  • Low quality materials can be  used due to unhealthy competition.
  • 90 % raw materials comes from China.
  • Lack of skilled man powers.
  • 1200 Traders are involved.
  • No govt policies,no training system by GOVT.
  • Trained man power goes to work overseas when they are trained in Nepal

 

घर निर्माणमा आल्मुनियमको प्रयोग गर्नेको सङ्ख्या अहिले ह्वात्तै बढेको छ । अहिले निर्माण हुने अधिकांश भवनहरूमा काठको सट्टा आल्मुनियमका झ्यालढोकाको प्रयोग बढ्न थालेको हो । आकर्षक तथा सस्तो पनि हुने भएकाले आल्मुनियमको प्रयोग बढेको करुणा इण्टेरियर प्रालिका अध्यक्ष देवराज मिश्र बताउँछन् । उनी भन्छन्, ‘अहिले शहरी क्षेत्रका नयाँ बन्ने निजी घरमा करीब ८० प्रतिशत आल्मुनियमका झ्यालढोका प्रयोग भइरहेको छ ।’ व्यावसायिक भवनका झ्यालढोकामा करीब शतप्रतिशत नै आल्मुनियमको प्रयोग भइरहेको उनको भनाइ छ ।

आल्मुनियम भन्दा काठ प्रयोग करीब ३ गुणा बढी महँगो पर्ने सम्बद्ध व्यवसायीहरू बताउँछन् । ठूला व्यावसायिक भवनहरूमा झ्यालढोकाका साथै कोठाहरूको पार्टेशनमा आल्मुनियमको प्रयोग हुने गर्छ । व्यावसायिक भवनमा आल्मुनियम कम्पोजिट प्यालन राख्ने क्रम पनि बढ्दै गएको भ्याली आल्मुनियम प्रालि, कोटेश्वरका निर्देशक विमल जीसी बताउँछन् । आल्मुनियम कम्पोजिट प्यानल ठूला भवनको बाहिरी भित्तामा टाँस्ने गरिन्छ । नेपालमा उत्पादन हुने आल्मुनियमका सामग्रीहरूमा सबैभन्दा बढी झ्यालको फ्रेम बन्ने गरेको छ । ग्राहकको मागलाई आधार मान्दा करीब ७० प्रतिशत आल्मुनियमको झ्याल माग हुन्छ ।

नेपालमा आल्मुनियमका सामग्री उत्पादन गर्ने उद्योगहरू करीब २ सयओटा रहेको व्यवसायीहरू बताउँछन् । त्यसमध्ये पनि ठूलो लगानीमा सञ्चालन भएका उद्योग भने करीब १ दर्जन रहेका छन् । पछिल्लो समय काठको मूल्यमा अत्यधिक वृद्धि हुन थालेपछि आल्मुनियका सामग्रीको माग अझ बढ्न थालेको जीसीको भनाइ छ । आल्मुनियमका सामग्री प्रयोग गर्दा काठमा जस्तो कीराले खाने, पानीले कुहिने, विभिन्न समयमा रङ लगाउनुपर्नेजस्ता झन्झट हुँदैन । बजारमा माग बढ्न थालेपछि आल्मुनियम उद्योगमा लगानी गर्नेहरू पनि बढ्न थालेका छन् । ठूला कम्पनीका कामदारले शीप सिकेर आफै उद्योग सञ्चालन गर्ने उद्योगीहरूको हिस्सा पनि बढ्दो छ । करीब २ लाख रुपैयाँको लगानीमै शुरू गर्न सकिने भएकाले थोरै लगानी भएका व्यवसायीहरू यसमा आकर्षित भएका हुन् । स्काइलाइट नेपाल प्रालि, अल्टरनेटिभ आल्मुनियम प्रालि, करुणा इण्टेरियर, गोल्छा अगनाइजेशन र आलटेक प्रालि नेपालमा आल्मुनियम उद्योग सञ्चालन गर्ने केही ठूला कम्पनी हुन् ।

नेपालमा आल्मुनियमको कच्चापदार्थ चीनबाट आयात हुने गर्छ । चीनबाट आयात हुने कच्चापदार्थ अन्य मुलुकको तुलनामा सस्तो पर्ने व्यवसायीहरू बताउँछन् । आल्मुनियमको सामग्री जति बाक्लो भयो, त्यति राम्रो मानिन्छ । तर, चीनबाट ल्याइने सस्ता आल्मुनियमका सामग्री लामो समय टिकाउ नहुने व्यवसायीको भनाइ छ । नेपालमा उत्पादित आल्मुनियम गुणस्तरीय भए पनि महँगो हुने कारण केही व्यवसायीले विदेशबाट आयात गर्ने गरेका छन् । चीनका अतिरिक्त जर्मनी, भारत, थाइल्याण्डलगायत मुलुकबाट पनि आल्मुनियम आयात हुन्छ । नेपालमा बन्ने नयाँ प्रोजेक्ट, हाउजिङ र अपार्टमेण्टहरूमा आल्मुनियमको माग धेरै रहेको व्यवसायीहरूको भनाइ छ ।

चर्को प्रतिस्पर्धा
नयाँ हाउजिङ कम्पनी तथा व्यावसायिक भवन निर्माण हुने क्रम बढेकाले आल्मुनियमको माग पनि बढेको व्यवसायीहरू बताउँछन् । माग तथा उद्योगहरूको वृद्धिसँगै व्यवसायमा प्रतिस्पर्धा पनि बढेको छ । व्यवसायीहरूबीच आपसी समन्वय नहुँदा अस्वस्थ प्रतिस्पर्धा बढ्न थालेको छ । ग्राहकको गुणस्तरमा भन्दा मूल्यमा बढी ध्यान जाने हुनाले उद्योगीहरू सस्तो उत्पादन गर्न लागिपरेका छन् । यसले गर्दा चीनमा निर्मित पातला खालका आल्मुनियमको खपत बढी हुने गरेको व्यवसायीहरू बताउँछन् । त्यस्तै, उत्पादनको मूल्यमा एकरूपता नहुँदा ग्राहकहरू ठगिने सम्भावना पनि अत्यधिक छ ।
source:abhiyan

घर संसार

गर्मी महीनामा किचेनको सजावट
२०७३-०४-७ मा प्रकाशित ४३१ पटक पढिएको ० बिचार / प्रतिक्रिया
AddThis Sharing Buttons
गर्मी महीनामा किचेनलाई नयाँ रूप दिन सुन्तला वा विभिन्न रङ्गीचङ्गी रङको प्रयोग गर्न सकिन्छ । मौसमको परिवर्तनसँगै किचेनको रूप परिवर्तन गर्दा आकर्षक देखिन्छ । सधैं एकै प्रकारको डिजाइनले कोठामा नैराश्य ल्याउन सक्छ । त्यसैले, फरक तथा ताजा रूपले किचेनमा उत्साह तथा ताजा महसूस गराउँछ । सजावटका विभिन्न उपाय प्रयोग गरी गर्मीयाममा किचेनलाई ताजा र नयाँ स्वरूप दिन सकिन्छ :

किचेनको भित्ता
किचेनलाई ताजा स्वरूप दिन मौसमअनुसारको रङको प्रयोग गर्नुपर्छ । गर्मी मौसममा किचेनको सजावटका लागि रातो, पहेँलो अथवा सुन्तला रङले पेण्ट गर्न सकिन्छ । गर्मी महीनामा चहकिलो तथा भाइब्रेण्ट रङले किचेनलाई ताजा देखाउँछ ।

गाढा रङको प्रयोग
किचेनमा नयाँ स्वरूप ल्याउन त्यहाँ प्रयोग हुने विभिन्न फर्निचरमा गाढा तथा चमकदार रङको प्रयोग गर्न सकिन्छ । किचेनमा फरकफरक रङका कूकिङ बूक, जार, तौलिया, टेबल कभर आदि प्रयोग गरेर पनि आकर्षक देखाउन सकिन्छ ।

अन्य सामानहरू
गर्मी महीनामा फरकफरक बुट्टा र डिजाइनको प्लेट प्रयोग गरेर पनि किचेन सजाउन सकिन्छ । भाँडाहरूमा फूलका बुट्टा बनाउनुका साथै अन्य सजावटका सामग्रीले किचेन सजाउँदा राम्रो देखिन्छ । भित्तामा वाल हेङ्गिङ भुन्ड्याएर पनि किचेनमा फरक लुक्स दिन तथा ताजा देखाउन सकिन्छ ।

बिरुवा
प्राकृतिक रूप दिन किचेनमा सानासाना बिरुवा राख्न सकिन्छ । यसले किचेनको वातावरण स्वच्छ तथा ताजा बनाउँछ । बिरुवाको प्रयोग एउटा भागमा मात्र गर्दा किचेन झनै राम्रो देखिन्छ । साथै, झ्यालमा विभिन्न रङ्गीचङ्गी फूल भएको गमला राखेर पनि किचेनलाई ताजा रूप दिन सकिन्छ ।

फलफूल बास्केट
किचेनमा थुप्रै खालका फलफूल बास्केटमा भरेर राख्दा पनि कि
source:abhiyan news

Read hydro news in details:urjanews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =

Copyright 2015 by Nepal Construction. All Rights Reserved.
Skip to toolbar