नागढुंगा–नौबिसे सुरुङमार्गको काम सुरु

0

Construction of Nagdhunga-Naubise Tunnel Road Project to start from today | Investopaper

 

 

नागढुंगा–नौबिसे सुरुङमार्गको काम मंगलबारबाट सुरु भएको छ ।आगामी सन् २०२३ को मघ्य सम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २.६८ किलोमिटर लम्बाइको सुरुङमार्ग निर्माण कार्य मंगलबारदेखि सुरु भएको हो ।  ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको काम नौबिसेतर्फबाट सुरुङ खन्न थालिएको हो ।गत वर्षको कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्ग मार्गको शिलान्याश गरेका थिए । २.३८ किलोमिटर लम्बाइ रहने उक्त सुरुङमार्ग दुई लेनको चौडाइ ९.५ मिटर रहने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए । ‘पूर्वतयारीमा धेरै समय लागेकाले खन्ने काम ढिला भएको हो, लकडाउनका लागि बाहिरबाट ल्याउने मेसिनहरू नै नेपाल ल्याउन सकिएको थिएन,’ केशवकुमार शर्माले  भने ।दु्रतगतिमा सुरुङ निर्माण गरेर ४२ महिना भित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको सो सुरुङमार्गमा नेपाल सरकारको ६ अर्ब लगानी र जापान सरकारको १६ अर्ब ऋण सहयोग रहेको सडक विभागले जानकारी दिएको छ ।  ४२ महिनामा काम सम्पन्न गर्ने समय भएकाले समयमै सम्पन्न गर्ने विश्वास रहेको समेत महानिर्देशक शर्माले बताए । ठेकेदार कम्पनीले नौबिसेबाट काम सुरु गरेको भए पनि केही दिनभित्रै नागढुंगाबाट पनि काम सुरु गर्ने शर्माले बताए । पहिलोपटक नेपालले राजमार्गमा सुरुङमार्ग निर्माण गर्न लागेको हो । सुरुङमार्गका लागि जाइकाले १७ अर्ब सहुलियत ऋण दिएको छ । त्यसमा नेपाल सरकारले ४ अर्ब लगानी गरेर करिब २१ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । जापानले यो सुरुङमा लागि शून्य दशमलव १ प्रतिशत सहुलियत ब्याजमा ऋण सहयोग गर्नेछ । जापानलाई नेपालले यो ऋण ४० वर्षभित्रमा तिर्नुपर्नेछ । सुरुङमार्गको ठेक्का जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले साढे १३ अर्ब रुपैयाँमा पाएको छ । आयोजनाले तोकेको सर्तअनुसार यो सुरुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमि र धादिङतर्फ धुनिबेँसीको सिस्ने खोलाबाट ५ सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ । सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ । सडकको लम्बाइ ८ किमि कम हुनेछ ।सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौबिसे पुग्न सकिने आयोजनाले जनाउँदै आएको छ । ‘ठेक्काको लागत १३ अर्ब, अन्य काम र मुआब्जासहित २१ अर्ब रुपैयाँ आयोजनाको लागत हो,’ महानिर्देशक शर्माले भने । सुरुङमार्ग बनाउन सरकारले काठमाडौंमा २ सय ६७ र धादिङमा १ सय ९ रोपनी जग्गा अधिग्रहण गरेको छ । अझै केही मुआब्जाको विवाद कायमै रहेको छ । केही लालपुर्र्जा भएका जग्गाको विवाद बाँकी नै रहेको शर्माले बताए ।  आयोजनाअन्तर्गत दुई इन्टरचेन्ज ९फ्लाइओभर र अन्डरपास० ब्रिजसहित सात वटा स–साना पुल र ११ वटा बक्स कल्र्भट पनि निर्माण हुने महाशाखा प्रमुख थापाले जानकारी दिए

December 25, 2020 |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =

Copyright 2015 by Nepal Construction. All Rights Reserved.
Skip to toolbar