how to build a strong house?

0

घर बनाउँदा विभिन्न पक्षमा ध्यान दिनुपर्छ । एकपटक बनाइसकेको संरचना फेरि भत्काउनुपर्‍यो भने श्रम, समय र पैसा सबैको व्यर्थ हुन्छ । यस्तो समस्या आउन नदिन घर बनाउने क्रममा अपनाउनुपर्ने सचेतना र सावधानीप्रति जानकार रहनुपर्छ । कुनै पनि घर टिकाउ हुन त्यसको आन्तरिक बनोट मजबूत एवम् विधिसम्मत तरीकाले निर्माण गरिएको हुनुपर्छ ।

बीम
तीन तला र १ हजार वर्गफीट प्लिन्थ क्षेत्रफलसम्मको घरमा दुई पिलरबीचको लामो दूरी १४ फीट ९ इञ्च र छोटो दूरी १० फीटभन्दा बढी नभएको अवस्थामा निम्नानुसार डण्डी राख्न सकिन्छ :
बीममा तलमाथि कम्तीमा १६ मिलिमिटर (५ लाइन)को दुई/दुईओटा डण्डी राख्नुपर्छ ।
बीमको लम्बाइअनुसार तलमाथि राखिएका डण्डीबाहेक थप डण्डी पनि राख्नुपर्छ । यस्ता डण्डीमा थप गर्दा बीमको लम्बाइको १/३ भाग लामो हुनुपर्छ । उक्त लम्बाइ पिलरको भित्री छेउबाट मात्र नापिनुपर्छ । बीमको तल थप गरिने डण्डी लम्बाइको बीच भागमा राख्नुपर्छ । त्यस्ता डण्डी दुवैपट्टिबाट बीमको लम्बाइको १/६ भागसम्म जानुपर्छ ।
बीमको रिङ राख्दा पिलरदेखि लम्बाइ १/३ भागसम्म ४ इञ्चको फरकमा र बीच भागमा ६ इञ्चको फरकमा राख्न सकिन्छ । बीमका डण्डी गाँसिएका ठाउँमा बीम छ भने रिङ ४ इञ्चको फरकमै राख्नुपर्छ । रिङको साइज कम्तीमा ८ मिलिमिटर हुनुपर्छ ।

बीम र पिलर जोडिने ठाउँ

बीमका सबै डण्डी अनिवार्य रूपमा पिलरको डण्डीभित्रबाट जानुपर्छ ।
बीम टुङ्गिने स्थानको पिलरमा बीमका डण्डी मोटाइको ६० गुणा लम्बाइबराबर पिलरमा मोड्नुपर्छ । मुनिका डण्डी पिलरका डण्डीसँगै मोटाइको ६० गुणा माथि र माथिल्लो डण्डी मोटाइको ६० गुणा पिलरको डण्डीसँगै तल मोड्नुपर्छ ।
बीम र पिलर जोडिएको ठाउँमा कम्तीमा दुईओटा रिङ हुनैपर्छ ।

बीमका डण्डी जोड्ने वा खप्ट्याउने तरीका

बीमको तल्लो डण्डी पिलर छेउबाट २ फीट छोडेर मात्र गाँस्नुपर्छ । तर, बीमको लम्बाइको बीचको एक चौथाइ भागमा डण्डी गा“स्नु हँुदैन ।
बीमको माथिल्लो डण्डी गाँस्दा बीमको लम्बाइको बीचको १ तिहाइ भागमा मात्र गाँस्नुपर्छ ।
डण्डीको गँसाइ यसको मोटाइको ६० गुणा राख्नुपर्छ । गँसाइको भागभरि रिङ प्रत्येक ४ इञ्चमा राख्नुपर्छ ।
रिङ कम्तीमा ८ मिलिमिटर मोटाइको हुनुपर्छ ।

स्ल्याब

बीमको चौघेराभित्र रहेको स्ल्याबको लम्बाइ चौडाइअनुसार त्यसको डण्डी फरक पर्छ ।
स्ल्याबको बाहिरी छेउमा ‘टप’ ३ फीट ३ इञ्च (एक मिटर)सम्म भएमा स्ल्याबको माथि बङ्ग्याउने डण्डीमा १ सेण्टिमिटरको थप डण्डी राख्नुपर्छ ।
स्ल्याबको बाहिरी कुनामा ८ मिलिमिटरको ६ इञ्चको फरकमा ‘टोरसिन बार’ राख्नुपर्छ ।
माथिल्ला डण्डी भएका ठाउँमा डण्डी अड्याउने डण्डीको हुर्ची राख्नुपर्छ ।

सिल र लिण्टल लेबल

गारोलाई पिलरसँग बाँधेर सुरक्षित बनाउन सिल र लिण्टल लेबलमा कङ्क्रिट ब्याण्ड राख्नुपर्छ ।
ब्याण्डको मोटाइ ३ इञ्च र चौडाइ गारोको चौडाइबराबर हुनुपर्छ ।
पिलर ढलान गर्दा नै दुईओटा डण्डी बनाएर पिलरको छेउमा फर्मासँग जोडिने गरी राख्नुपर्छ । फर्मा खोलेपछि डण्डीलाई बाहिर निकालेर सीधा पारी अपुग डण्डी थप गर्नुपर्छ । थप गरेपछि रिङ ६/६ फीटको फरकमा राखी ढलान गर्नुपर्छ ।

स्रोत: भूकम्प प्रतिरोधात्मक भवन

November 28, 2020 |

Leave a Reply

Your email address will not be published.

13 − six =

Copyright 2015 by Nepal Construction. All Rights Reserved.
Skip to toolbar