Cement Gradings: Right cement for right place

0

नेपालमा सीमेंटको ग्रेडको बारेमा जान्नेहरु कमै छन् तर यसको महत्व र यसले निर्माणमा  पार्ने असर जान्नु निकै आवश्यक छ |

सीमेंट अहिलेको आधुनिक  युगमा एक अत्यावश्यक निर्माण सामग्री बनेको छ निर्माणमा कंक्रीटप्लास्टर र मोर्टार (मसाला) बनाउन सीमेंट जरुरी हुन्छ मजबूती अनुसार सीमेंटको ग्रेड छुट्टाइएको हुन्छ |  OPC तीनवटा ग्रेड – ३३ ग्रेड४३ ग्रेड र ५३ ग्रेड मा पाइन्छ भने PPC को OPC जस्तै विशिष्ट ग्रेड छैन तर यसको मजबूती curing पछि ३३ ग्रेड OPC बराबरको हुन्छ 

उत्पादकले नेपालमा ४३ ग्रेड र ५३ ग्रेडको सीमेंट उपलब्ध छ भनेता पनि नेपालमा अहिलेसम्म ३३ ग्रेड माथिको सीमेंट ग्रेड प्रमाणीकरण गरिएको छैन सीमेंटको गुणस्तर उच्च र विदेशी स्तरको भएपनि ग्रेड प्रमाणीकरण नभएको कारणले अहिले पनि विदेशी सहायता पाएका ठुला प्रोजेक्टहरुका लागि विदेशबाटै सीमेंट आयात गरिन्छ भन्सार विभागका अनुसार नेपालमा आर्थिक वर्ष २०१७/१८ मा १.१ अर्ब सीमेंट र ३० अर्ब क्लिन्कर आयात गरिएको थियो |

नेपालमा सीमेंटको ग्रेडको बारेमा जान्नेहरु कमै छन् तर यसको महत्व र यसले निर्माणमा  पार्ने असर जान्नु निकै आवश्यक छ |

१. ३३ ग्रेड

२८ दिनको settingपछि मानक स्थितिहरुमा जाँच्दा सीमेंटको compressive strength यदि ३३ N/mm2 छ भने त्यसलाई ३३ ग्रेडको सीमेंट भनिन्छ |

३३ ग्रेडको सीमेंट साधारण वातावरण स्थितिहरुमा सामान्य निर्माण कार्यहरु गर्नप्लास्टर गर्न र एक तल्ले भवनहरु बनाउन प्रयोग गरिन्छ कम मजबूतीका कारण यस ग्रेडको सीमेंट M20 र बढी मजबूतीको कंक्रीटको ग्रेडहरुमा प्रयोग गरिँदैन यो भन्दा बढी मजबूतीको सीमेंट उपलब्ध भएको हुनाले ३३ ग्रेडको सीमेंट बढी उत्पादन गरिँदैन र कम प्रयोग गरिन्छ यसको सट्टामा अहिले सामान्य निर्माण कार्यहरुमा पनि ४३ ग्रेडको प्रयोग गरिन्छ |

२. ४३ ग्रेड

२८ दिनको settingछि मानक स्थितिहरुमा जाँच्दा सीमेंटको compressive strength यदि ४३ N/mm2 छ भने त्यसलाई ४३ ग्रेडको सीमेंट भनिन्छ|

४३ ग्रेडको सीमेंट सामान्य सिभिल निर्माण कार्यहरु गर्न, RCC कार्यहरु गर्नप्लास्टर गर्नब्लकपाइपटाइल जस्ता पुर्वानिर्मित सामानहरु बनाउन आदिका लागि प्रयोग गरिन्छ|  यो हाम्रो निर्माणमा सबैभन्दा बढी प्रयोग हुने सीमेंट हो ४३ ग्रेडको सीमेंटले M30 सम्मको मजबूतीको कंक्रीट बनाउन सकिन्छ 

नेपालमा शिवम् सीमेंटले ४३ ग्रेडको उत्पादन गरेको छ |

३. ५३ ग्रेड

२८ दिनको settingपछि मानक स्थितिहरुमा जाँच्दा सीमेंटको compressive strength यदि ५३ N/mm2  छ भने त्यसलाई ५३ ग्रेडको सीमेंट भनिन्छ|

छिटो निर्माण गर्नुपर्ने कार्यहरु र छिटो तथा अधिक मजबूती हासिल गर्नुपर्ने कामहरुमा ५३ ग्रेड सीमेंट प्रयोग गरिन्छ ५३ ग्रेडको सीमेंटले M25 र बढी मजबूतीको कंक्रीट बनाउन सकिन्छ ५३ ग्रेडको सीमेंट RCC कार्यहरु गर्नकंक्रीट ब्लकटाइल जस्ता पुर्वानिर्मित सामानहरु बनाउन र रनवेकंक्रीट रोडपूलहरु बनाउन पनि प्रयोग गरिन्छ ५३ ग्रेडको सीमेंट ४३ ग्रेड भन्दा हल्का बढी महँगो हुन्छ |

नेपालमा जगदम्बा सीमेंटशक्तिमान सीमेंटशिवम् सीमेंटसगरमाथा सीमेंट आदि सीमेंट उद्योगहरुले  ५३ ग्रेडको सिमेन्ट उत्पादन गरेका

January 26, 2021 |

Leave a Reply

Your email address will not be published.

nineteen + seven =

Copyright 2015 by Nepal Construction. All Rights Reserved.
Skip to toolbar