Alumunium Door, Window & Pannel : Best in Look

Alumunium Door, Window & Pannel : Best in Look

0
Alumunium works

 

 

 

 

Hilights & Benifits

-It is cheaper than wood & best in look

-High strengh-to weight ratio

-easy compenent joining

-Highly resistant to corrossin

-flexibility

Non-magnetic.Non Toxic,& reflective

-Eletric Conductor

-Unhealthy Compition makes low in quality

-Price is doubled after earthquake

-Price is calculated in sq feet according to quality & thickness

-It is avaible in wide variety of colour,design & shape

-70% is chinese product

-Minimum Maintance cost

Difficult to find best fabricators: so,Click BEST FABRICATORS

“The demand for aluminium doors and windows has increased by 100 per cent after the earthquake,” said Madan Manandhar, Managing Director at Nu-Tech Pvt Ltd.  “Earlier demand was from urban areas only. But now the demand is spreaded  in rural areas too after the earthquake,” he added.

Aluminum windows and doors are made in wide variety of colour, styles and designs. Windows are available in sliding, casement, structural lazing, bay and arch models while doors can be either swing, hinge, sliding or bi-folding. In the market, one can get Chinese aluminium that costs from Rs 300 to Rs 800 per sq ft depending upon quality and thickness of less than 1mm to 3mm.

“Less than 1mm thickness is not suitable for construction purpose. However, there are many traders selling less than 1mm thick-ness products at low prices,” said Manandhar.  Citing that there is unhealthy competition among players, he said, “As people these days are more price sensitive than quality, traders import low grade aluminium which bends, gets smashed and comes with feeble locks.”

 

For aluminium windows and doors, plain glass is preferred instead of black ones. According to him, 90 per cent of customers buy aluminium for doors and windows while 10 per cent for partitioning purposes. Reportedly, business houses prefer structural glazed windows and swing doors, whereas sliding windows and hinge doors are more popular for residencies.

“Previously wood was the first choice for doors and windows. Owing to high cost, the use of wood is fast depleting and people have shifted to aluminium,” informed Anu Rajbanshi, Sales and Marketing Manager at Skylight, which imports Technal products from France and Thai products from Thailand. She said that their products are preferred for both residential as well as commercial buildings.

According to her, Skylight assures its product to be light, tough, weatherproof, dust proof, corrosion resistant and with a high strength to weight ratio. She informed that they have a wide range of products to match customers’ choice. She said, “Unlike wooden windows and doors, aluminium does not fade, matches with style and design of building, requires less maintenance and paint jobs.”

The price of Thai aluminium is between Rs 1,000 to Rs 1,500 per sq ft while it costs Rs 2,500 to Rs 3,500 per sq ft for Technal products. “Our products are costlier than other Chinese products but is worth it for quality, durability and design,” she said, adding that they provide good after sales service. Skylight has aluminium of 1.5mm to 3mm thickness.

“The demand for aluminium is increasing in the market,” said Amir Thapa, Proprietor at Royal Construction Sewa, adding, “Unhealthy competition has become a big challenge to the business.” He said that due to unhealthy competition, the rate of products vary from trader to trader. Citing that they trade Chinese products, he said, “More than 70 per cent of the market is enjoyed by Chinese products while the rest is from Thailand, India, France and other countries.” According to him, installation of aluminium doors and windows are hassle free and can be completed in a short period of time depending upon project

Find Suppliers

वार्षिक २२ अर्बको कारोबार गर्ने आल्मुनियम क्षेत्रका बारेमा राज्य बेखबर’

 

 नेपालीको बदलिंदो जीवनशैली सँगै बानी, व्यवहार र आहार विहारमा समेत परिवर्तन आएको छ ।२०४६ सालको राजनैतिक परिवर्तन र नेपालले अपनाएको उदारीकरणका कारण पनि अहिले नेपाली बजारमा विभिन्न किसिमका निर्माण सामाग्री भित्रिने क्रम बढ्दो छ ।

अझ पछिल्लो घटना ०७२ सालको वैशाख १२ को भूकम्पले त झन निर्माण समाग्री र यसको गुणस्तरका विषयमा विभिन्न बहस अझ तीब्र बन्दै गएको छ ।

नेपाली जनता सुरक्षित घर र बलियो घरमा बस्न चाहन्छन् । घर बलियो हुनका लागि त्यसमा प्रयोग गरिने निर्माण सामाग्री गुणस्तरयुक्त र काम गर्ने कामदार पनि तालिमप्राप्त हुन अत्यन्तै जरुरी छ तबमात्र हाम्रो घर सुरक्षित र बलियो बन्न सक्छ ।

बजारमा विभिन्न किसिमका निर्माण सामाग्री पाइन्छन् । ती निर्माण सामाग्रीको पनि गुणस्तर कस्तो छ भन्ने विषयमा अब उपभोक्ता सचेत बन्नै पर्छ ।

यसै प्रसंगमा नेपालमा आल्मुनियम व्यवसाय, यसका चुनौती र अल्फानको गतिविधिका बारेमा आल्मुनियम तथा फेब्रिकेटर्स एसोसियसनका अध्यक्ष तेज राईसँग कुराकानीको अंश-

कस्तो छ अहिले आल्मुनियमको माग ?

समयको परिवर्तन सँगै अहिले नेपालमा आल्मुनियमको माग पनि दिनानुदिन बढ्दै गएको छ । विशेष गरेर शहरी क्षेत्रमा आल्मुनियम बढी रुचाइएको हामीले पाएका छौं ।

हिजोआज प्राय घरहरु तथा कर्पोरेट अफिसमा आल्मुनियमको प्रयोग बढ्दै गएको छ । यसले दिनप्रति दिन उपभोक्तामा आल्मुनियमको माग बढ्दै गएको छ भन्न सकिन्छ ।

आल्मुनियममा पनि त फरक फरक गुणस्तर होला । गुणस्तर अनुसार मूल्य पनि त फरक होला नि ?

हो, अन्य सामाग्रीमा झैं आल्मुनियममा पनि विभिन्न गुणस्तर छ । यसमा विशेषतः आल्मुनियमको थिकनेस हेरिन्छ ।

अहिले बजारमा १ एमएम भन्दा पनि न्यून गुणस्तरका आल्मुनियम पनि भित्रिएका छन् । त्यसैले हामीले उपभोक्ताको हितलाई ध्यानमा राखेर सरकार र नीजि क्षेत्रबाट कसरी सहकार्य गर्न सकिन्छ र उपभोक्तालाई गुणस्तरीय आल्मुनियम दिन सकिन्छ भनेर लागिरहेका छौं ।

कम्तीमा पनि १.२ एमएम भन्दा कम गुणस्तरका आल्मुनियम प्रयोगमा ल्याउँदा आफ्नो लगानी सुरक्षित नहुने र ती सामाग्रीले सुरक्षित आवासमा टेवा नपुुग्ने हुँदा सबै उपभोक्ताले कस्तो आल्मुनियम किन्दै छु भनेर जानकारी राख्नुपर्ने हुन्छ ।

बजारमा विभिन्न खालका व्यवसायीहरु छन् । सबैले आफ्नो सामान राम्रै भनेका हुन्छन् त्यसको ग्योरन्टी लिने निकाय कुन हो त ?

अन्य क्षेत्रमा जस्तै यो क्षेत्रमा पनि अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको छ । अझ भन्ने हो भने त यो क्षेत्र नयाँ भएकाले उपभोक्तालाई पनि त्यति जानकारी छैन ।

त्यसैले म यो तपाईंको सम्मानित मिडियाबाट सम्पूर्ण उपभोक्तालाई तपाईंले काम गर्न लाग्नुभएको व्यवसायी अल्फानमा आवद्ध हुनुहुन्छ कि हुनुहुन्न सोध्न आग्रह गर्न चाहन्छु ।

अल्फानमा आवद्ध व्यवसायीले न्यून गुणस्तरको आल्मुनियम विक्री वितरण गरेको रै’छ भने अल्फानले ती व्यवसायीलाई कारबाही गर्छ र उपभोक्तालाई ठगिनबाट बचाउँछ ।

त्यसो त धेरै व्यवसायीले दर्ता विना नै पनि काम गरिरहेका छन् नि ?

हो, हामीले पनि पाएका छौं त्यस्ता व्यवसायी साथीहरु । दर्ता गर्ने प्रक्रियाका बारेमा व्यवसायीलाई राम्रो ज्ञान नभएको कारणले पनि यस्तो हुन गएको हो ।

हामीले हाम्रो सम्पर्कमा आएका व्यवसायीलाई दर्ता तथा कर प्रक्रियाका बारेमा जानकारी दिँदै आएका छौं ।

कुनै नयाँ व्यवसायी अल्फानमा आवद्ध हुन चाहेमा के गर्नुपर्छ त ?

अल्फानमा फेब्रिकेसन गरेर हिँड्ने कम्पनी मात्र सदस्य बन्न पाउने प्रावधान छ । त्यसैले फेब्रिकेसनमा लागेका साथीहरुलाई अल्फानमा स्वागत छ ।

सबैभन्दा पहिला त सम्बन्धित कम्पनीले कानुनी अधिकार पाएको हुनुपर्छ अर्थात् कम्पनी दर्ता भएको हुनुपर्छ । त्यस्तै कम्पनीले प्यानको माध्यमबाट कारोबार गरेको हुनुपर्छ ।

अल्फानले सदस्यका लागि न्यूनतम रकम तोकेको छ । दर्ताका कागपत्रसँगै १६०० रुपियाँ तिरेर वार्षिक सदस्य बन्न सकिन्छ र व्यवसायीक सुरक्षाका बारेमा जानकारी लिँदै अघि बढ्न सकिन्छ ।

अन्त्यमा उपभोक्तालाई केही भन्नु छ कि ?

आल्मुनियमको खरिद गर्दै हुनुहुन्छ वा घर बनाउँदै हुनुहुन्छ भने तपाईले एक पल्ट आल्मुनियमका बारेमा राम्ररी बुझ्नु होला । जसले तपाईंको लगानी खेर जानबाट बचाउँछ । कम्तीमा पनि १.२ एमएमभन्दा कम गुणस्तरका आल्मुनियम प्रयोग नगर्नुहोला

 

व्यव

सायको न कुनै सिमा हुन्छ न सीमित ठाउँमै अडिनुपर्छ व्यवसाय । लगान र मिहेनत गर्ने हो भने हरेक व्यवसाय सफल हुन्छन् । कविकृष्ण अमात्य त्यसका उदाहरण हुन् ।

पछिल्ला ५ वर्ष रेन्बो ग्रुपमा रहेर काम गरेका अमात्यले नेपालमा आल्मुनियम व्यवसायको अवस्थाबारे राम्रैसँग बुझ्न पाए । सोही ग्रुप अन्तर्गत काठमाडौं आल्मुनियम हाउस प्रालिका निर्देशक रहेका अमात्य भन्छन्, ‘नेपालमा आल्मुनियम व्यवसाय फस्टाउँदो अवस्थामा छ ।’

आल्मुनियमको उपयोगी गुणहरु बढी छन्, काठ भन्दा कम मूल्यमा र स्तरीय साथै हल्का हुनाले पनि प्रयोगकर्ताहरु आकर्षित छन् 

हुन पनि प्रयोगमा सरल, काठ भन्दा किफायती र सस्तो तथा रङ–रोगन र किरा लाग्ने समस्या नपर्ने हुँदा आल्मुनियमका प्रयोगकर्ता बढ्दो छन् । पछिल्ला दिनहरुमा आल्मुनियम प्रति मानिसहरुको झुकाव पनि बढेको देखिन्छ ।

यसको उपयोगी गुणहरु बढी छन्, काठ भन्दा कम मूल्यमा र स्तरीय साथै हल्का हुनाले पनि प्रयोगकर्ताहरु आकर्षित छन् ।

गतवर्ष लालितपुर स्थित ग्वार्खोबाट राजधानीमा सेवा सञ्चालन गरेको यस हाउसबाट अमात्यले व्यावसायलाई फराकिलो बनाउँदै गएका छन् ।

हिजोआज बजारमा न्यूनगुणस्तरीय आल्मुनियमको बिगबिगीबढेपछि, उपभोक्ता ठगिएका त छँदैछन्, गुणस्तरीय आल्मुनियमका बिक्रेताको व्यवसायमा समेत असर परेको आल्मुनियम व्यवसायीको चिन्ता छ ।

नेपालमा आल्मुनियमको पनि मापदण्ड तोकिनु पर्ने माग सहित आल्मुनियम व्यवसायी संघ (अल्फान) यतिबेला संगठित रुपमा काम गरिरहेको छ ।

अल्फानसँग समेत निकट रहेको काठमाडौं आल्मुनियमका निर्देशक अमात्य आल्मुनिमको गुणस्रतीयताबारे भन्छन्, ‘नेपालमा अहिलेसम्म कति मोटाइको आल्मुनियम प्रयोग गर्ने भन्नेबारे सरकारले समेत मापदण्ड निर्धारण गरेको पाइएन ।

तर अन्तर्राष्ट्रिय स्तरले हेर्ने हो भने पनि न्यूनतम १.२ देखि १.५ सम्म मोटाइ(मिलिमिटर) भएको आल्मुनियमको प्रयोग हुने गरेको छ ।’

सरकार मापदण्ड निर्धारण र निमयन गर्ने कुरामा उदासीन देखिएको उपभोक्ताहरुको आवाज बढिरहेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागका अधिकारीहरु नै आल्मुनिबारे नियमनकारी निकायको अभाव रहेको बताउँछन् ।

सरकारले सिमेन्ट र छडका विभिन्न प्रकारहरु बाहेक अन्य निर्माण सामग्रीको नियमन गराउने गरेको छैन । १५ वर्ष अघि आल्मुनियमबारे सामान्य परिभाषा तयार भएको आल्मुनियम व्यवसायी संघका अध्यक्ष तेज राईले बताए ।

पैसा त खर्च भयो भयो, कतै त सिसाले मानिसलाई पनि लाग्न सक्छ । चिसो, तातो जस्ता कुराहरु जसले मानवीय स्वास्थ्यमा पनि असर गर्छ, राम्रो ‘थिकनेस’ भएको आल्मुनियमको असर पनि सकारात्मक हुन्छ भन्ने बुझ्न जरुरी छ’

त्यो काममा नआएको उनको भनाइ छ । तर सरकारी निकायले भने निर्माण सामग्रीहरुका विभिन्न कोड नम्बर तयार गरेर मापदण्ड परिभाषित गरेको नापतौल विभागले बताए पनि समयक्रमसँगै गुणस्तर निर्धारण ‘अप–डेट’ गर्ने, र त्यसको प्रभावकारी रुपले नियमनगर्ने नगरेको हुँदा अन्य निर्माण सामग्री जस्तै आल्मुनियमको पनि मापदण्ड अनुशासन कमजोर रहेको विभागले स्वीकार गर्छ ।

तर नेपालमा आल्मुनियमको पनि मोटाइ अनुसारको उपयोगिता हुन्छ र ! यसको पनि गुणस्तरीयता हुन्छ र भन्ने जस्तो कमजोर बुझाइले गर्दा मानिसहरु ‘सस्तो बेसाई पेट लागी मर’ भन्ने उखान जस्तै सिकार बन्ने गरेको गुणस्तरका पारखी बताउँछन् । ‘हो आल्मुनियमको पनि गुणस्तर हुन्छ ।

यसको मोटाइ राम्रो छनोट गर्नेले गुणस्तरीय लाभ लिन्छ, सस्तो खोज्नेले चार पाँच पटकसम्म मर्मत र नयाँ प्रयोग गरेर अनावश्यक खर्च गरिरहेका हुन्छन् ।

किनकि सस्तोका कारण एकै पटक हुने काम ३/३ पटकसम्म खर्च गर्नेमा उपभोक्ता परेको मैले देखेको छु,’ भन्छन् काठमाडौं आल्मुनियमका निर्देशक अमात्य । गुणस्तरीय आल्मुनियमबारे उद्यमी अमात्यआफैले ग्राहकहरुलाई सम्झाउने गरेका छन् । ताकि मानिसहरु नठगियून् ।

निर्माण सञ्चारसँगको कुराकानीमा अमात्य भन्छन्, ‘त्यसैले म आफै ग्राहकलाई राम्रो भनेको यस्तो हुन्छ, गुणस्तरीय आल्मुनियम यसरी चिन्नु पर्छ, प्रयोग गर्दा पनि यसरी गर्नु पर्छ भनेर पुरै सिकाएर पठाउँछु, त्यस पछि उहाँहरु मसँग सन्तुष्ट भएको पनि मैले पाएको छु ।’

ती उपभोक्ताहरु जो सस्तो खोज्छन्, अहिलेको सस्तो तर पछि पछि महँगो मूल्य चुकाउनु पर्ने ठाउँमा पुगेको उनको भनाइ छ । कसरी भने, ‘घरमा सुरक्षा र स्वास्थ्यको पनि कुरा जोडिन्छ । सस्तो राख्नेहरुको सिसा चाँडै फुट्ने र फेरि अर्काे फेर्न पर्ने ठाउँमा पुग्छन् ।

पैसा त खर्च भयो भयो, कतै त सिसाले मानिसलाई पनि लाग्न सक्छ । चिसो, तातो जस्ता कुराहरु जसले मानवीय स्वास्थ्यमा पनि असर गर्छ, राम्रो ‘थिकनेस’ भएको आल्मुनियमको असर पनि सकारात्मक हुन्छ भन्ने बुझ्न जरुरी छ ।’

बजार बिक्रीबारे राज्यलेनियम त बनाएको छ, तर चीनबाट आयत गर्दा नै न्यून गुणस्तरका सामानहरु नेपाल आउने गरेको व्यवसायीहरु बताउँछन् । निर्देशक अमात्य भन्छन्, ‘नेपाल भित्रने बेलामै जाँचचेक गरिनुपर्छ । न्यूनगुणस्तरको भए जफत गर्ने गर्न राज्य पछि हट्नु हुन्न ।’

आल्मुनियम क्षेत्रमा नियामक निकायले परिभाषित गरेको १५ वर्ष बितिसकेको छ । तर नियमन गर्ने गरेको छैन 

 

सस्तो मालको माग बजारमा बढेपछि कतिपय व्यवसायी विदेशबाट आयात गर्दा पनि सस्तो अर्थात् कम मोटाइका आल्मुनियम भित्राइरहेका पनि छन् । बजारमा आल्मुनियमको भाउ पनि एकनास छैन ।

सरकारले न गुणस्तरमा ध्यान दिएको छ न त रेट निर्धारणमा कुनै अग्रसरता देखाएको सरोकारवाला बताउँछन् । त्यस्तो अवस्थामा तपाईहरुले कसरी मूल्य निर्धारण गर्नुभएको छ भन्ने प्रश्नमा अमात्यले भन्छन्, ‘खरिद मूल्य, भन्सार, भ्याट, ढुवानी जस्ता खर्च कटाएरै हामीले न्यूनतम मूल्य निर्धारण गर्ने गरेका छौं ।’ तर अमात्य बजारमा चल्दो र सबैलाई मान्य हुने रेटले आफ्ना ग्राहक सन्तुष्ट रहेको दाबी गर्छन् ।

‘सबै भन्दा ठुलो कुरा हाम्रा ग्राहक एकपटक खरिद गरिसकेपछि दोस्रो पटक पनि आएका छन्,’ उनी भन्छन् । उनी थप्छन्, ‘कमजोर आर्थिक हुनेलाई पातलो पनि प्रयोग गर्नुको बाध्यता एकातिर छ भने अर्कोतिर सबैले महङ्गो आल्मुनियम प्रयोग पनि गर्न सक्ने अवस्था नेपालमा मैले देखेको छैन ।’

आल्मुनियम महँगो हुनाको कारण बारे उनको भनाइ छ— ‘हामीले चीनबाट ढुवानी गर्नुपर्छ । आयात गर्दा धेरै चुनौतीको सामाना गर्नुपर्छ । अर्डर गरेको ४५ दिनपछि सामान आउने हुँदा लागत बढिरहेको हुन्छ ।’

भूकम्प पछि चीनसँग जोडिएका नाकाहरु खोल्ने प्रयत्न सरकारले नगर्नु, एक देशिस निर्भरता तोड्दै चीनसँग पनि व्यापार विविधीकरण गर्नु पर्ने जमानामा सरकारले चीनसँग भएको पारवाहन सम्झौता समेत अनुमोदन नगरेपछि नेपालको भारत बाहेकका तेस्रो मुलुकसँग हुने सहज व्यापार पनि रोकिएको छ ।

जसले गर्दा बजार विविधीकरण हुन सकेको छैन ।

सस्तो आल्मुनियमको माग- कसरी हुने सचेत ?

भूकम्पका कारण पनि नेपालमा आल्मुनियम प्रयोग ह्वात्तै बढेको छ । बजारमा फेब्रिकेटर्सहरु बढेका छन् । बजारमा न्यून गुणस्तरकै आल्मुनियमको माग भएपछि आफ्ना प्रयोग कर्ताबाट पनिसस्तो आल्मुनियम बढी माग गरेको अमात्यको भनाइ छ ।

अमात्य भन्छन्, ‘त्यो उनीहरुको बाध्यता पनि हो । कित व्यवसाय बन्द गर्नुपर्यो कि सस्तै आल्मुनियम प्रयोग गर्नु पर्यो । आल्मुनियमको गुणस्तरलाई नचिन्ने र सस्तो रेट खोज्ने उपभोक्ता नघटेसम्म कमसाल सामानको खपत नघट्ने अमात्यको दाबी छ ।

 

उपभोक्तामा सचेतानाको कमीले सस्तो र न्यून गुणस्तरको आल्मुनियम प्रयोग बढेको उनको भनाइ छ । उनी सुझाव दिन्छन्, ‘उपभोक्ता आफै सचेत हुनुपर्यो । सस्तो आल्मुनिय प्रयोग गरेर सुरक्षा दिने घरलाई असुरक्षित पार्नुहुन्न ।

सिसा जस्तो धारिलो चिज च्याप्ने आल्मुनियम न्युन गुणस्तरको भैदियो भने कसरी तपाईको घर सुरक्षित हुन्छ ? त्यस्तै झ्यालमा प्रयोग गरिएको कमजोर आल्मुनियमले हावाको चाप थेग्न नसक्ने र असुरक्षित नै हुन्छ ।’ एक पटक प्रयोग भएपछि त्यसको क्वालिटी पत्ता नलग्ने हुँदा प्रयोग अगावै गुणस्तरबारे ध्यान दिन अमात्यको सुझाव छ ।

काठमाडौं आल्मुनियम हाउसले कस्तो क्वालिटीको आल्मुनियम विक्री वितरण गर्दै आएको छ ? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘हामीले आफ्नो स्ट्यान्डर्डमा समान आयत गर्ने गरेका छौं । रेन्बो स्टिकर भएको हाम्रो कम्पनीको आल्मुनियम प्रति सबै ग्राहक खुसी र सन्तुष्ट छन् । क्वालिटीमा हाम्रो कुनै सम्झौता हुन्न । रेटमा न्यून मुनाफा राखेका छौं ।’

‘त्यति मात्रै हैन’ उनी जोड्छन्, ‘हाम्रा साखाहरु महेन्द्रनगर, पोखरा, भैरहवा, बुटवलमा पनी त्यही गुणस्तरका सामाग्री आयात तथा विक्री गर्ने गरेका छौं । र, देशभर रेन्बो स्टिकरका आल्मुनियम पुर्याउने लक्ष्य छ ।’ कर छलीलाई राज्यले नियन्त्रण गर्न सकेको छैन ।

सिसा जस्तो धारिलो चिज च्याप्ने आल्मुनियम न्युन गुणस्तरको भैदियो भने कसरी तपाईको घर सुरक्षित हुन्छ ? त्यस्तै झ्यालमा प्रयोग गरिएको कमजोर आल्मुनियमले हावाको चाप थेग्न नसक्ने र असुरक्षित नै हुन्छ ।’ एक पटक प्रयोग भएपछि त्यसको क्वालिटी पत्ता नलग्ने हुँदा प्रयोग अगावै गुणस्तरबारे ध्यान दिन अमात्यको सुझाव छ

तपाईहरुले कसरी कारोबार गर्नुभएको छ भन्ने प्रश्नमा अमात्य भन्छन्, ‘साँचै राज्यलाई कर नतिर्ने हो भने राज्य पनि रहन्न । हामीले एलसीबाटै काम गर्ने हुदाँ कर छलीको त सम्भावना नै छैन । भ्याट काट्छौं, नत्र स्टक बढी देखिन्छ । हामी पारदर्शी छौं ।’

आल्मुनिय कम्पोजिट प्यानल बोर्डमा सचेत बन्नुुस्

दीर्घकालीन प्रयोगमा ध्यान दिनुस् ठुल्ठुला महल, घर तथा कर्पोरेट भवनका बाहिर आल्मुनियम कम्पोजिट प्यानल बोर्ड प्रयोगको क्रम बढ्दो छ । तर, गुणस्तरीय कम्पोजिट प्यानल भने न्यून मात्रामा छ । भौतिक संरचनाको सबै भन्दा अग्रभागमा रहने कम्पोजिट प्यानल नै गुणस्तरीय नहुदाँ करोडौं खर्च गरी संरचाना असुरक्षित बन्न सक्छ ।

अमात्य बजारका कम गुणस्तरका कम्पाजिट प्यानल भन्दा ‘अलस्टोन’ कम्पनीको प्यानल प्रयोग गर्न सुझाव गर्छन् । ‘अन्य कम्पनी भन्दा थोरै मङ्गो छ तर बलियो र सुरक्षित बनाउन अलस्टोन नै प्रयोग गर्नुस् ।’

कम्पोजिट भनेको के हो भन्ने पनि उपाभोक्तालाई थाहा नभएरअलस्टोनका सामग्रीबारे जानकारी नहुन सक्छ । उनका अनुसार कम्पोजिट भनेको भाटभटेनी सुपरमार्केट जस्ता ठुला व्यापारिक घरमा अगाडि पटिको गार्होमा टायल जस्तै टासिने गरी लगाइएको वस्तु नै कम्पोजिट हो ।

यसको प्रयोगबाट महँगो मूल्यमा पटक पटक पेन्ट गराइरहनु पर्ने झन्झट हुँदैन । भने रंगरोगनका लागि लगाइरहुन पर्ने अनावश्यक पैसा पनि बचत गर्छ । भवनहरु पनि आकर्षक देखिन्छन् भने टिकाउ पनि हुन्छन् । अल्स्टोनका यी सामान भने १० वर्षको ग्यारेन्टीमा बजारमा काठमाडौं आल्मुनियम हाउससँग छ ।

उनले भने, ‘हाम्रोमा ३२ करलको अलस्टोन प्यानल रहेका छन् । जुन गुणस्तरीय छन् ।’

रेट कस्तो छ ?

‘मैले अघि पनि भने अलस्टोन अन्य प्यानल भन्दा थोरै महङ्गो छ,’ उनी भन्छन्, ‘भोलुम ३१ र ३३ को रेट प्रतिस्क्वायर १ सय ७५ रुपियाँ छ भने भोलुम ९ र ३४ को प्रतिस्क्वायर २ सय ५० पर्छ । त्यस्तै अन्य २८ कलरको प्रति स्क्वायर १ सय ५० रुपियाँ पर्छ ।’

कम्पोजिट भनेको के हो भन्ने पनि उपाभोक्तालाई थाहा नभएरअलस्टोनका सामग्रीबारे जानकारी नहुन सक्छ । उनका अनुसार कम्पोजिट भनेको भाटभटेनी सुपरमार्केट जस्ता ठुला व्यापारिक घरमा अगाडि पटिको गार्होमा टायल जस्तै टासिने गरी लगाइएको वस्तु नै कम्पोजिट हो 

काम गराउँदा व्यवसायीक र दर्ता भएर काम गरेका फेब्रिकेटर्स कम्पनीलाई लगाउनु होला जसले तपाइंको घर सुरक्षित बनाउन सहयोग गर्नेछन् ।

source; nirmansanchar

October 20, 2017 |
Copyright 2015 by Nepal Construction. All Rights Reserved.
Skip to toolbar