Use led Free Paints

0

बच्चाहरुको बौद्धिक विकासमा समेत लिडले असर पर्ने र श्वासप्रश्वासमा पनि यसले असर पर्ने गर्छ । यसले पुरुषहरुमा उच्च रक्तचाप, नपुङसकता तथा किड्नीमा समस्या ल्याउने पनि उनले बताए । महिलाहरुको महिनावारी बिग्रने, गर्भ तुहिने जस्ता समस्या देखिएको छ ।

 

लिड बढी भएको पेन्टकै कारण विश्वमा वर्षमा ६ लाख बालबालिका बौद्धिकता अपाङ्ग हुने गरेको र एक लाख ४३ हजार बालबालिकाको मृत्यु हुने गरेको छ

आजको विकास दीगो तथा वातावरण मैत्री विकास हो । विकास र निर्माण मानव मैत्री पनि त्यतिकै हुन जरुरी छ ।त्यसका लागि निर्माण क्षेत्र नै यस्तो ठाउँ हो जसले गर्ने विकास र निर्माण कति मानव मैत्री र वातावरण मैत्री छ भन्ने निर्धारण गर्छ ।

यही कुरालाई ध्यानमा राखेर ग्रील तथा स्टील व्यवसायी महासंघले राजधानीमा हालैमात्र एक कार्यशाला गोष्ठी सम्पन्न गर्यो ।

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र तथा क्यरुपेक सहितको संयुक्त आयोजनामा गरिएको रंग प्रयोग सम्बन्धी सचेतनामूलक अभियानले मापदण्ड भन्दा बढी लिड भएको रंगको प्रयोग गर्दा हुने वातावरणीय तथा मानवीय क्षतिबारे जानकारी दिएको थियो ।

बच्चाहरुको बौद्धिक विकासमा समेत लिडले असर पर्ने र श्वासप्रश्वासमा पनि यसले असर पर्ने गर्छ । यसले पुरुषहरुमा उच्च रक्तचाप, नपुङसकता तथा किड्नीमा समस्या ल्याउने पनि उनले बताए । महिलाहरुको महिनावारी बिग्रने, गर्भ तुहिने जस्ता समस्या देखिएको छ ।

लिड बढी भएको पेन्टकै कारण विश्वमा वर्षमा ६ लाख बालबालिका बौद्धिकता अपाङ्ग हुने गरेको र एक लाख ४३ हजार बालबालिकाको मृत्यु हुने गरेको छ

कार्यक्रममा मापदण्ड भन्दा बढी लिड भएका रंगहरुले मानव शरीर र वातावरणमा पार्ने असर र त्यसको रोकथामबारे जानकारी गराइएको ग्रिल तथा स्टिल्स व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले निर्माण सञ्चारलाई जानकारी दिए ।

ग्रील तथा पेन्टर मजदुरका लागि जानकारी गराउने उद्देश्यले आयोजित उक्त कार्यशाला गोष्ठीमा पेन्टिङ आदि कार्यका लागि सरकारले तोकेको लिड मापदण्ड प्रभावकारी कार्यान्वयन बारे समेत जानकारी गराइएको थियो ।

कार्यक्रममा सिफेडका सल्लाहाकार समेत रहेका अध्यक्ष कटुवालले संसारका ६२ वटा देशले पेन्टको मापदण्ड पुरा गर्न सफल भएको तर नेपालले सोबारे अझैसम्म पनि जानकारी नै नराखेको भन्दै सरकारले रंगको मापदण्ड तोकेर पनि प्रभावकारी कार्यान्वयन गराउन नसककोमा दुख प्रकट गरेका थिए ।

मापदण्ड तोक्ने तर प्रभावकारी कार्यान्वयन नगर्ने हो भने, नेपालले आगामी दिनमा श्रमिक, उपभोक्ता र वातावरणीय क्षति व्यहोर्नु पर्ने भन्दै मापदण्ड फलो गर्न आयोजकको आग्रह छ ।

यसका लागि सरकारको ध्यानाकर्षण गराएको आयोजकले बतायो । सबैले आफ्नो क्षेत्रबाट लिड फ्रि–पेन्ट प्रयोग गर्ने कार्यमा सहयोग गर्न पनि महासंघले आग्रह गरेको छ ।

पेन्ट व्यवसायीहरुलाई समेत लिड फ्रि पेन्टको प्रयोग गर्दा लगानी र मुनाफामा असर नपर्नै भन्दै आयोजकले यसबारे गम्भीर हुन अपिल समेत गरेको छ ।

विशष गरी ग्रील तथा स्टिल्स क्षेत्रमा कार्यरत मजदुरहरु स्वास्थ्यसँग सचेत हुनु पर्ने महासंघको चासो छ । रंगरोगन गर्ने मजदुर र पेन्टर मजदुरहरु बढी यसबाट सिकार हुने गरेको भन्दै पेन्ट गर्ने बेलामा सुरक्षित किसिमले काम गर्न आग्रह समेत महासंघको आग्रह छ ।

महासंघ अध्यक्ष कटुवालले भने लिड फ्रि पेन्टबारे विद्यालय तहदेखि नै चेतनामूलक सामग्री सिकाइनु पर्ने भन्दै सरकारसँग सोबारे ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा जनस्वास्थय तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक राम चरित शाहले सिफ्डको अथक प्रयास पछि सरकारले २०७१ साल पौष ७ गते राजपत्रमा सूचना प्रकाशित गरी पेन्टबारे लिडको मापदण्ड तोकेको घरटनाको स्मरण गराए ।

नेपाल हेल्थ रिसर्च सेन्टरका डा. खेम बहादुर कार्कीले लिडको अत्यधिक प्रयोगका कारण बालबालिका र वयश्क मानिसलाई असर गरेको बताए । यसले विभिन्न खालका रोगहरु लाग्ने बताउँदै उनले लिडले मुख्य गरी हड्डीमा असर पार्ने बताए ।

लिड हड्डीमा पुग्ने र जमेर बस्ने हुँदा बाहिर निकाल्न समेत गाह्रो हुने उनको तर्क छ । जब हड्डी खिइन्छ, त्यसले प्रत्यक्ष असर पार्ने उनले बताए ।

सिफेडका अनुसार बच्चाहरुको बौद्धिक विकासमा समेत लिडले असर पर्ने र श्वासप्रश्वासमा पनि यसले असर पर्ने गर्छ । यसले पुरुषहरुमा उच्च रक्तचाप, नपुङसकता तथा किड्नीमा समस्या ल्याउने पनि उनले बताए । महिलाहरुको महिनावारी बिग्रने, गर्भ तुहिने जस्ता समस्या देखिएको उनको भनाइ छ ।

लिड बढी भएको पेन्टकै कारण विश्वमा वर्षमा ६ लाख बालबालिका बौद्धिकता अपाङ्ग हुने गरेको र एक लाख ४३ हजार बालबालिकाको मृत्यु हुने गरेको छ ।

Source: https://www.todayshomeowner.com/dangers-of-lead-paint-in-your-home/

October 21, 2017 |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright 2015 by Nepal Construction. All Rights Reserved.
Skip to toolbar