नक्शा पासको प्रक्रिया The proccess of House map registration

0

नक्शा पासको प्रक्रिया

  • सर्वप्रथम, आफूले सोचे अनुसार र आर्किटेक र इन्जिनियरको सल्लाह सुझाव अनुसार नक्शा तयार गरिन्छ |नक्शामा आर्किटेक्चरल ड्रविङ्ग र स्ट्रक्चरल ड्रविङ्ग समावेश गरिएको हुन्छ |
  • त्यसपश्चात् नगरपालिकाद्वारा उपलब्ध गरिएको नक्शा फारम भर्ने काम गरिन्छ र नगरपालिकामा दर्ता गराई, राजश्व तिरिन्छ |
  • नगरपालिकाले जग्गा रहेको वडा कार्यालाई फाइल पठाउछ |
  • वडामा पन्ध्र (१५) दिने सुचना टासिन्छ | त्यहि अवधिमा वडा कार्यालयबाट इन्जिनियर आएर साइट हेर्ने काम सम्पन्न हुन्छ | यसैसाथ छरछिमेकमा पनि सुचना प्रवाहा गरिन्छ |
  • पन्ध्र (१५) दिन पछि फाइल पुन: नगरपालिका फर्काइन्छ |
  • नगरपालिकाको सिनियर इन्जिनियरले स्विकृती दिएपछि अस्थायी निर्माण इजाजत पत्र प्रदान गरिन्छ |
  • त्यसपछि निर्माण कार्य सुरु गर्न सकिनेछ |
  • डिपिसी सकिएपछि, स्थायी निर्माणको लागि आवेदन दिनुपर्दछ |
  • नगरपालिकाबाट सम्बन्धित जनशक्तीहरुले डिपिसीसम्मको निर्माणको अवलोकन गर्नेछन् र नक्शा अनुरुप छ/छैन भनि हेर्नेछन् |
  • नक्शा अनुसार निर्माण भएको खण्डमा नगरपालिकाको इन्जिनियरले त्यसपश्चात् स्थायी निर्माणको अनुमति दिनेछन् |
  • त्यसपछि नक्शा अनुसार प्लिन्थ लेभल भन्दा माथि घर बनाउने प्रक्रिया सुरु गर्न सकिनेछ |
  • अन्त्यमा निर्माण सम्पन्नताको लागि आवेदन दिनुपर्दछ |
  • नगरपालिकाको इन्जिनियर आएर घरको अवलोकन गर्नेछन् र सिनियर इन्जिनियरलाई रिपोर्ट लेख्नेछन् |
  • निर्माण सम्पन्नताको कागजातमा जुनियर इन्जिनियर, सिनियर इन्जिनियर, प्रमुख इन्जिनियर र विभागीय इन्जिनियरको दस्तखत हुनुपर्दछ |

समावेश गर्नुपर्ने कागजातहरु

  • निश्चित क्षेत्रफलको ब्लुप्रिंट
  • ब्लुप्रिंटमा बाटो नदेखिएको खण्डमा वडाबाट घर-बाटो सिफारिस लिनुपर्दछ
  • जग्गाको ट्रेस
  • लालपुर्जा
  • नागरिकताको प्रमाणपत्र
  • जग्गाधनीको फोटो
  • तिरो तिरेको
  • https://nepalconstructions.com/demo/

January 26, 2021 |

Leave a Reply

Your email address will not be published.

ten + 18 =

Copyright 2015 by Nepal Construction. All Rights Reserved.
Skip to toolbar