View and check our New design for nepalconstructions.com

for strong and best construction project like house and building,road,bridge,airport construction in nepal

Cement Gradings: Right cement for right place

0

नेपालमा सीमेंटको ग्रेडको बारेमा जान्नेहरु कमै छन् तर यसको महत्व र यसले निर्माणमा  पार्ने असर जान्नु निकै आवश्यक छ |

सीमेंट अहिलेको आधुनिक  युगमा एक अत्यावश्यक निर्माण सामग्री बनेको छ निर्माणमा कंक्रीटप्लास्टर र मोर्टार (मसाला) बनाउन सीमेंट जरुरी हुन्छ मजबूती अनुसार सीमेंटको ग्रेड छुट्टाइएको हुन्छ |  OPC तीनवटा ग्रेड – ३३ ग्रेड४३ ग्रेड र ५३ ग्रेड मा पाइन्छ भने PPC को OPC जस्तै विशिष्ट ग्रेड छैन तर यसको मजबूती curing पछि ३३ ग्रेड OPC बराबरको हुन्छ 

उत्पादकले नेपालमा ४३ ग्रेड र ५३ ग्रेडको सीमेंट उपलब्ध छ भनेता पनि नेपालमा अहिलेसम्म ३३ ग्रेड माथिको सीमेंट ग्रेड प्रमाणीकरण गरिएको छैन सीमेंटको गुणस्तर उच्च र विदेशी स्तरको भएपनि ग्रेड प्रमाणीकरण नभएको कारणले अहिले पनि विदेशी सहायता पाएका ठुला प्रोजेक्टहरुका लागि विदेशबाटै सीमेंट आयात गरिन्छ भन्सार विभागका अनुसार नेपालमा आर्थिक वर्ष २०१७/१८ मा १.१ अर्ब सीमेंट र ३० अर्ब क्लिन्कर आयात गरिएको थियो |

नेपालमा सीमेंटको ग्रेडको बारेमा जान्नेहरु कमै छन् तर यसको महत्व र यसले निर्माणमा  पार्ने असर जान्नु निकै आवश्यक छ |

१. ३३ ग्रेड

२८ दिनको settingपछि मानक स्थितिहरुमा जाँच्दा सीमेंटको compressive strength यदि ३३ N/mm2 छ भने त्यसलाई ३३ ग्रेडको सीमेंट भनिन्छ |

३३ ग्रेडको सीमेंट साधारण वातावरण स्थितिहरुमा सामान्य निर्माण कार्यहरु गर्नप्लास्टर गर्न र एक तल्ले भवनहरु बनाउन प्रयोग गरिन्छ कम मजबूतीका कारण यस ग्रेडको सीमेंट M20 र बढी मजबूतीको कंक्रीटको ग्रेडहरुमा प्रयोग गरिँदैन यो भन्दा बढी मजबूतीको सीमेंट उपलब्ध भएको हुनाले ३३ ग्रेडको सीमेंट बढी उत्पादन गरिँदैन र कम प्रयोग गरिन्छ यसको सट्टामा अहिले सामान्य निर्माण कार्यहरुमा पनि ४३ ग्रेडको प्रयोग गरिन्छ |

२. ४३ ग्रेड

२८ दिनको settingछि मानक स्थितिहरुमा जाँच्दा सीमेंटको compressive strength यदि ४३ N/mm2 छ भने त्यसलाई ४३ ग्रेडको सीमेंट भनिन्छ|

४३ ग्रेडको सीमेंट सामान्य सिभिल निर्माण कार्यहरु गर्न, RCC कार्यहरु गर्नप्लास्टर गर्नब्लकपाइपटाइल जस्ता पुर्वानिर्मित सामानहरु बनाउन आदिका लागि प्रयोग गरिन्छ|  यो हाम्रो निर्माणमा सबैभन्दा बढी प्रयोग हुने सीमेंट हो ४३ ग्रेडको सीमेंटले M30 सम्मको मजबूतीको कंक्रीट बनाउन सकिन्छ 

नेपालमा शिवम् सीमेंटले ४३ ग्रेडको उत्पादन गरेको छ |

३. ५३ ग्रेड

२८ दिनको settingपछि मानक स्थितिहरुमा जाँच्दा सीमेंटको compressive strength यदि ५३ N/mm2  छ भने त्यसलाई ५३ ग्रेडको सीमेंट भनिन्छ|

छिटो निर्माण गर्नुपर्ने कार्यहरु र छिटो तथा अधिक मजबूती हासिल गर्नुपर्ने कामहरुमा ५३ ग्रेड सीमेंट प्रयोग गरिन्छ ५३ ग्रेडको सीमेंटले M25 र बढी मजबूतीको कंक्रीट बनाउन सकिन्छ ५३ ग्रेडको सीमेंट RCC कार्यहरु गर्नकंक्रीट ब्लकटाइल जस्ता पुर्वानिर्मित सामानहरु बनाउन र रनवेकंक्रीट रोडपूलहरु बनाउन पनि प्रयोग गरिन्छ ५३ ग्रेडको सीमेंट ४३ ग्रेड भन्दा हल्का बढी महँगो हुन्छ |

नेपालमा जगदम्बा सीमेंटशक्तिमान सीमेंटशिवम् सीमेंटसगरमाथा सीमेंट आदि सीमेंट उद्योगहरुले  ५३ ग्रेडको सिमेन्ट उत्पादन गरेका

January 26, 2021 |

नक्शा पासको प्रक्रिया The proccess of House map registration

0

नक्शा पासको प्रक्रिया

  • सर्वप्रथम, आफूले सोचे अनुसार र आर्किटेक र इन्जिनियरको सल्लाह सुझाव अनुसार नक्शा तयार गरिन्छ |नक्शामा आर्किटेक्चरल ड्रविङ्ग र स्ट्रक्चरल ड्रविङ्ग समावेश गरिएको हुन्छ |
  • त्यसपश्चात् नगरपालिकाद्वारा उपलब्ध गरिएको नक्शा फारम भर्ने काम गरिन्छ र नगरपालिकामा दर्ता गराई, राजश्व तिरिन्छ |
  • नगरपालिकाले जग्गा रहेको वडा कार्यालाई फाइल पठाउछ |
  • वडामा पन्ध्र (१५) दिने सुचना टासिन्छ | त्यहि अवधिमा वडा कार्यालयबाट इन्जिनियर आएर साइट हेर्ने काम सम्पन्न हुन्छ | यसैसाथ छरछिमेकमा पनि सुचना प्रवाहा गरिन्छ |
  • पन्ध्र (१५) दिन पछि फाइल पुन: नगरपालिका फर्काइन्छ |
  • नगरपालिकाको सिनियर इन्जिनियरले स्विकृती दिएपछि अस्थायी निर्माण इजाजत पत्र प्रदान गरिन्छ |
  • त्यसपछि निर्माण कार्य सुरु गर्न सकिनेछ |
  • डिपिसी सकिएपछि, स्थायी निर्माणको लागि आवेदन दिनुपर्दछ |
  • नगरपालिकाबाट सम्बन्धित जनशक्तीहरुले डिपिसीसम्मको निर्माणको अवलोकन गर्नेछन् र नक्शा अनुरुप छ/छैन भनि हेर्नेछन् |
  • नक्शा अनुसार निर्माण भएको खण्डमा नगरपालिकाको इन्जिनियरले त्यसपश्चात् स्थायी निर्माणको अनुमति दिनेछन् |
  • त्यसपछि नक्शा अनुसार प्लिन्थ लेभल भन्दा माथि घर बनाउने प्रक्रिया सुरु गर्न सकिनेछ |
  • अन्त्यमा निर्माण सम्पन्नताको लागि आवेदन दिनुपर्दछ |
  • नगरपालिकाको इन्जिनियर आएर घरको अवलोकन गर्नेछन् र सिनियर इन्जिनियरलाई रिपोर्ट लेख्नेछन् |
  • निर्माण सम्पन्नताको कागजातमा जुनियर इन्जिनियर, सिनियर इन्जिनियर, प्रमुख इन्जिनियर र विभागीय इन्जिनियरको दस्तखत हुनुपर्दछ |

समावेश गर्नुपर्ने कागजातहरु

  • निश्चित क्षेत्रफलको ब्लुप्रिंट
  • ब्लुप्रिंटमा बाटो नदेखिएको खण्डमा वडाबाट घर-बाटो सिफारिस लिनुपर्दछ
  • जग्गाको ट्रेस
  • लालपुर्जा
  • नागरिकताको प्रमाणपत्र
  • जग्गाधनीको फोटो
  • तिरो तिरेको
  • https://nepalconstructions.com/demo/

January 26, 2021 |

धेरै संक्रमण जोखिम भएका कोरोना भाइरस

0

Coronavirus: Which countries have confirmed cases? | Coronavirus pandemic  News | Al Jazeera

जापान, स्पेन, फ्रान्स र क्यानडामा केही मानिसहरूमा पहिले भेटिएभन्दा धेरै संक्रमण जोखिम भएका कोरोना भाइरस फेला पारेको छ। यी मध्ये धेरै संक्रमित बेलायत यात्राबाट आएकाहरूसँग सम्बन्धित छन्। ब्रिटेनमा हालै मात्र कोरोनाको नयाँ किसिमको संक्रमण पुष्टि भएको छ र सोका कारण लन्डन र दक्षिण इङ्ल्याण्डमा लकडाउन गरिएको छ। नयाँ भाइरस आफ्नो मुलुकमा ब्रिटेनबाट भित्रिएको भन्दै फ्रान्सले बेलायतसँग सीमा जोडिएको इण्लिस च्यानलबाट हुने मानव आवागमनमा रोक लगाएको छ। नयाँ किसिमको कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै विश्वका थुप्रै मुलुकले ब्रिटेनबाट आउने यात्रीमाथि प्रतिबन्धको घोषणा गरेका छन्।ब्रिटेनमा भएजस्तो संक्रमण निगरानी विश्वका थोरै राष्ट्रमा मात्र भएकाले नयाँ प्रकारको कोरोना भाइरस दुई सातासम्म संसारका अन्य ठाउँमा पहिचान हुनु अगावै पुगिसकेको ठानिएको छ।ब्रिटिस वैज्ञानिकहरूले गरेको पछिल्लो अध्ययन अनुसार कोरोनाको यो नयाँ प्रकार संसारले हाल सामना गर्दै आएको भाइरसभन्दा बढी संक्रामक भएको पत्ता लगाएका छन्। यो भाइरस यसअघि भेटिएको भाइरसभन्दा ५६ प्रतिशत संक्रामक भएको अनुमान छ।हालसम्म बेलायतमा भेटिएको नयाँ प्रकारको कोरोना भाइरस जापानका सात जनामा पुष्टि भइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भेटिएका संक्रमितमध्ये अधिकाशं या त बेलायतबाट फर्किएका वा उनीहरूको सम्पर्कमा आएकाहरू भएको जनाइएको छ।नयाँ प्रकारको कोरोना भाइरस पहिचान भएपछि जापानले गैरआवासिय विदेशी नागरिकको जापान प्रवेशमा रोक लगाएको छ। सोमबार मध्यरातबाट लागु हुने यो रोक जनवरीको अन्त्यसम्म कायम हुने जापानको राष्ट्रिय टेलिभिजन एनएचकेले जनाएको छ।त्यस्तै स्पेनको राजधानीमा नयाँ कोरोना भाइरस भेटिएको जानकारी त्यहाँका स्थानिय अधिकारीले दिएका छन्।हालसम्म चार जनामा यसको पुष्टि भएको छ भने अन्य तीन जनालाई शंकाको घेरामा राखिएको छ।भेटिएका मध्ये कम्तीमा दुई जना हालै बेलायतबाट फर्किएकाहरू हुन् भने अन्य उनीहरूका नातेदारहरू हुन्।फ्रान्समा नयाँ किसिमको संक्रमणका संक्रमित शुक्रबार पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।फ्रान्सका अधिकारीका अनुसार संक्रमण पुष्टि भएका व्यक्ति ब्रिटेनमा बस्दै आएका फ्रेन्च नागरिक हुन्। उनी डिसेम्बर १९ मा लन्डनबाट आएका थिए। त्यस्तै क्यानडाको ओन्टारियोका अधिकारीहरूले शनिबार दुई जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको बताएका छन्।संक्रमितहरू दम्पति हुन र उनीहरूको कुनै यात्रा विवरण छैन।भाइरस स्वरूप परिवर्तन गर्नु सामान्य हो र हालसम्म परिवर्तित भएका भाइरसहरूमध्ये अधिकांश त्यति खतरनाक छैनन्। तर बेलायतमा पुष्टि भएको नयाँ प्रकार भने २३ वटा म्युनटेसन भएको भाइरस हो, जसमा धेरैजसोले नयाँ किसिमले संक्रमण फैलाउने देखाएको छ।खोप विज्ञहरू हाल उपलब्ध खोपहरू यी नयाँ भाइरससँग पनि लड्न सक्षम हुनेमा विश्वस्त छन् यध्यपी यसको परीक्षण पुष्टि हुनु जरूरी छ। हाल उपलब्ध खोप नयाँ प्रकारको भाइरससँग लड्न सक्षम भए नभएको जाँच चलिरहेको छ। युरोपियन युनियनका सदस्य राष्ट्रहरूले आइतबारबाट फाइजर(बायोएनटेकले बनाएको खोप लगाउन सुरू गर्दैछन्। हंग्रेरीले शनिबारबाट नै खोप अभियान सुरू गरिसकेको छ।यसैगरी अन्य नयाँ प्रकारका भाइरसहरूको पनि पहिचान भएको छ। तीमध्ये एउटा दक्षिण अफ्रिकामा भेटिएको छ भने अर्को नाइजेरियामा भेटिएको छ।नयाँ प्रकार भेटिएसँगै बेलायतले दक्षिण अफ्रिकाबाट हुने बेलायत यात्राम प्रतिबन्ध लगाएको छ। दुई जनामा त्यहाँ भेटिएको भाइरसको संक्रमण पुष्टि भएपनि यात्रामा प्रतिबन्ध लगाइएको हो। यसैगरी जर्मनी र सिङ्गापुरमा पनि नयाँ प्रकारको कोरोना भाइरस भेटिएको छ भने डेनमार्कले सो भाइरस आफ्नो मुलुकमा भित्रिए(नभित्रिएकोमा निगरानी गरिरहेको छ। निगरानीका क्रममा त्यहाँ नोभेम्वर १४ देखि डिसेम्बर १४ को अवधिमा ३३ जनामा नयाँ किसिमको संक्रमण पुष्टि भएको डेनिस अधिकारीहरूले जनाएका छन्।
अमेरिकाले भने हालसम्म नयाँ किसिमको कोरोना भाइरसका संक्रमित भेटिएको पुष्टि गरेको छैन्। उसले बिहीबार बेलायतबाट आउने यात्रुमा ७२ घण्टाको अवधिमा कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र हुनुपर्ने बताएको छ। यो नियम सोमबारबाट लागु हुनेछ।

source:Ratopati

December 28, 2020 |

मेलम्चीको दोस्रो चरणको निर्माण

0

Tunnel work in Melamchi Water Supply Project nears final phase

मेलम्चीको पुलबजारदेखि निर्माणस्थलसम्म २५ किमी सडक निर्माण अघि बढाइएको छ ।  मेलम्ची पुल बजारदेखि पारिबाट १५ किमी डिभिजन सडक कार्यालय दोलखाबाट निर्माण अघि बढाइएको छ भने त्यसका लागि आवश्यक बजेट मेलम्ची खानेपानी विकास समितिबाट उपलब्ध गराइएको छ । त्यस्तै, १० किमी सडक निर्माणको ठेक्का समिति आफैँले गरेको छ । उहाँले भन्नुभयो, “दुवैतर्फ निर्माण व्यवसायी परिचालन गरिसकिएको छ ।”

सो सडकमा तीन पुल निर्माण गर्नुपर्नेमा जगको काम भइरहेको प्रवक्ता पन्तले बताउनुभयो । शुरुमा पुल बजारदेखि रातोमाटेसम्म पाँच किमी र रातेमाटेबाट धापसम्म १० किमी सडक निर्माण डिभिजनले अघि बढाइरहेको छ । धापदेखि ठूलो भोटाङसम्मको सडक निर्माण समितिले गरिरहेको हो ।याङ्ग्री नदीको ‘हेडबक्स’ बनाउने ठाउँमा नै याङ्ग्री र इन्द्रावती नदीको दोभान रहेको छ । सो ठाउँसम्म सडक निर्माण भइरहेको छ । उहाँले भन्नुभयो, “सडक बनेपछि त्यहाँका तीन पालिकालाई आवतजावत सजिलो हुनेछ ।”

पच्चीस किमी सडक निर्माण चालु आवभित्रै सकाउने लक्ष्य राखेपनि मुआब्जालगायतको विवादका कारण समस्या आइरहेको प्रवक्ता पन्तले बताउनुभयो । निर्माण व्यवसायी निर्माणस्थलमा परिचालन भएपनि मुआब्जा र क्षतिपूर्ति विवादका कारण काम गर्न नसकेको उहाँले जानकारी दिनुभयो ।सो सडक निर्माणका लागि मुआब्जाबापत स्थानीयवासीलाई रु १५ करोड वितरण गर्नुपर्ने छ । त्योमध्ये रु छ करोड ५० लाख मात्रै वितरण भएको छ । उहाँले भन्नुभयो, “आधाभन्दा धेरैले अहिले पनि मुआब्जा लिन आउनुभएको छैन, यसले निर्माणमा समेत असर गरेको छ ।”

मेलम्चीको दोस्रो चरणको निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न पहिले वातावरण प्रभाव मूल्याङ्कन ९इआइए० गर्नुपर्ने आयोजनाले जनाएको छ । त्यसका लागि सम्बन्धित गाउँपालिकाको सहमति आवश्यक पर्छ ।मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिका गरी तीन तहले त्यसमा सहमति दिइनसकेको प्रवक्ता पन्तले बताउनुभयो । तीनै पालिकाले आयोजना शुरु गर्दा विभिन्न माग गरिरहेका छन् । सडकलगायतका संरचना निर्माणका लागि स्थानीयवासीले गरेको माग उनीहरुसँगकै समन्वयमा अघि बढाइने उहाँले बताउनुभयो ।प्रतिवेदन तयार भइसकेकाले सम्बन्धित पालिकाले सहमति दिएपछि नै वातावरण मन्त्रालयलाई सहमतिपत्र बुझाइनेछ । उहाँले भन्नुभयो, “ती कुरालाई सम्बोधन गर्नका लागि नै पूर्वाधार निर्माणका लागिसमेत बजेट छुट्टाइएको छ ।”

मेलम्ची खानेपानी आयोजनाले यसअघि सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेकामा चालु आवमा नै थप एक केन्द्र निर्माण अघि बढाउने भएको छ । अहिले रहेका दुई केन्द्रले मेलम्ची खोलाबाट आउने दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने आयोजनाले जनाएको छ ।

दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट आउने थप १७÷१७ करोड लिटर पानी प्रशोधनका लागि अर्को संरचना आवश्यक पर्ने आयोजनाका प्रवक्ता पन्तले बताउनुभयो । एशियाली विकास बैंक (एडिबी) को आग्रहमा दोस्रो चरणका लागि केन्द्र बनाउन तयारी थालिएको र त्यसका लागि डिजाइन भइसकेको उहाँले जानकारी दिनुभयो । एडिबीले सो पुनरावलोकन गर्ने काम अघि बढाइरहेको छ । सरकारले चालु आवमा रु ३५ करोड छुट्याएकाले यस वर्ष ठेक्कामा जान सकिने उहाँको भनाइ छ । यो आवमा ठेक्कामा जान सकेमा अर्को वर्ष निर्माणको काम हुनेछ । सरकारले पहिलो चरणमा मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा झार्ने तयारी गरिरहँदा दोस्रो चरणको आयोजना निर्माणका लागिसमेत तयारी अघि बढाइएको छ ।मेलम्चीको पानी परीक्षणका लागि गत असारमा सुरुङमा पानी पठाइए पनि दुर्घटनाका कारण सुरुङको पुनः मर्मत गरेर मात्रै परीक्षण गरिने भएको छ । आयोजनाअन्तर्गत नै ‘हेडबक्स’ निर्माण भइरहेकामा त्यो समेत समयमा सम्पन्न गर्न नसकिने भएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण काममा बाधा पुगेकाले पुसमा सकिनुपर्ने भए पनि ‘हेडबक्स’ चैतसम्ममा सम्पन्न हुने देखिएको छ ।

December 25, 2020 |

नागढुंगा–नौबिसे सुरुङमार्गको काम सुरु

0

Construction of Nagdhunga-Naubise Tunnel Road Project to start from today | Investopaper

 

 

नागढुंगा–नौबिसे सुरुङमार्गको काम मंगलबारबाट सुरु भएको छ ।आगामी सन् २०२३ को मघ्य सम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २.६८ किलोमिटर लम्बाइको सुरुङमार्ग निर्माण कार्य मंगलबारदेखि सुरु भएको हो ।  ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको काम नौबिसेतर्फबाट सुरुङ खन्न थालिएको हो ।गत वर्षको कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्ग मार्गको शिलान्याश गरेका थिए । २.३८ किलोमिटर लम्बाइ रहने उक्त सुरुङमार्ग दुई लेनको चौडाइ ९.५ मिटर रहने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए । ‘पूर्वतयारीमा धेरै समय लागेकाले खन्ने काम ढिला भएको हो, लकडाउनका लागि बाहिरबाट ल्याउने मेसिनहरू नै नेपाल ल्याउन सकिएको थिएन,’ केशवकुमार शर्माले  भने ।दु्रतगतिमा सुरुङ निर्माण गरेर ४२ महिना भित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको सो सुरुङमार्गमा नेपाल सरकारको ६ अर्ब लगानी र जापान सरकारको १६ अर्ब ऋण सहयोग रहेको सडक विभागले जानकारी दिएको छ ।  ४२ महिनामा काम सम्पन्न गर्ने समय भएकाले समयमै सम्पन्न गर्ने विश्वास रहेको समेत महानिर्देशक शर्माले बताए । ठेकेदार कम्पनीले नौबिसेबाट काम सुरु गरेको भए पनि केही दिनभित्रै नागढुंगाबाट पनि काम सुरु गर्ने शर्माले बताए । पहिलोपटक नेपालले राजमार्गमा सुरुङमार्ग निर्माण गर्न लागेको हो । सुरुङमार्गका लागि जाइकाले १७ अर्ब सहुलियत ऋण दिएको छ । त्यसमा नेपाल सरकारले ४ अर्ब लगानी गरेर करिब २१ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । जापानले यो सुरुङमा लागि शून्य दशमलव १ प्रतिशत सहुलियत ब्याजमा ऋण सहयोग गर्नेछ । जापानलाई नेपालले यो ऋण ४० वर्षभित्रमा तिर्नुपर्नेछ । सुरुङमार्गको ठेक्का जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले साढे १३ अर्ब रुपैयाँमा पाएको छ । आयोजनाले तोकेको सर्तअनुसार यो सुरुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमि र धादिङतर्फ धुनिबेँसीको सिस्ने खोलाबाट ५ सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ । सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ । सडकको लम्बाइ ८ किमि कम हुनेछ ।सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौबिसे पुग्न सकिने आयोजनाले जनाउँदै आएको छ । ‘ठेक्काको लागत १३ अर्ब, अन्य काम र मुआब्जासहित २१ अर्ब रुपैयाँ आयोजनाको लागत हो,’ महानिर्देशक शर्माले भने । सुरुङमार्ग बनाउन सरकारले काठमाडौंमा २ सय ६७ र धादिङमा १ सय ९ रोपनी जग्गा अधिग्रहण गरेको छ । अझै केही मुआब्जाको विवाद कायमै रहेको छ । केही लालपुर्र्जा भएका जग्गाको विवाद बाँकी नै रहेको शर्माले बताए ।  आयोजनाअन्तर्गत दुई इन्टरचेन्ज ९फ्लाइओभर र अन्डरपास० ब्रिजसहित सात वटा स–साना पुल र ११ वटा बक्स कल्र्भट पनि निर्माण हुने महाशाखा प्रमुख थापाले जानकारी दिए

December 25, 2020 |

cost of house construction and materials

0

Approx Materials and wages:for 2.5 story building

.Brick:50000:Rs 800000/

.Sand:14 tipper:Rs 400000/

.Cement: 1200 packs:Rs950000/

Concrette:9 tripper:Rs 250000/

.Rod: 13ton:Rs 1000000/

.Paint: Rs 250000/

.Plumbing with wages:Rs 400000/

.Chaukash and door:500000/

.alumunium Window:275000/

Taps and fittings:Rs 200000/

Marble and tiles:Rs 300000/

Electrical and wages:Rs200000/Map and Nagarpalika: 125000/

Anya:Rs 200000/

wages:Rs 1200000/

For inquiry and planning : 9851110960

November 24, 2020 |

Top cement industry in Nepal

0

 

-Maruti cement Industry

Jagdamba Cement
Jagdamba cement is the best cement in Nepal. This is a leading brand in the Nepalese market. This firm was established in 2001. Since its establishment year, Jagdamba cement has remained the market leader in the cement manufacturing business in Nepal.
02: Udaypur Cement
Udaypur Cement is the largest cement factory in Nepal. The plant is located in Jaljale, Udaypur district, province No 1, eastern Nepal. They use the modern plant cement production in Nepal. It produce high quality cement in Nepal. It is very difficult to find Udaypur Cement in market because of its irregular operation. It is government cement factory in Nepal.

03: Hetauda Cement
This Company is located in Hetauda, Nepal established in BS 2033. Hetauda Cement is one of the best-selling cement brands in Nepal.
04: Arghakhachi Cement
Arghakhachi Cement is one of the foremost cement manufacturers in Nepal. They are producing high quality OPC cement in Nepal.

05: Shivam Cement
Shivam Cement is one of the top cement companies in Nepal. They sell the finest quality of cement to their customers. They are selling OPC cement of grade 43 and 53.

We, being one of the biggest manufacturing Cement Company, believe in providing the finest quality of cement to our customers. With the slogon of “Quality को मामला मा No Compromise”, We stand for high quality standards adopting the moto “Quality over quantity”. We believe in providing the finest quality of cement to our customers because as a provider we believe that success mean satisfied and happy customers.We, being one of the biggest manufacturing Cement Company, believe in providing the finest quality of cement to our customers. With the slogon of “Quality को मामला मा No Compromise”, We stand for high quality standards adopting the moto “Quality over quantity”. We believe in providing the finest quality of cement to our customers because as a provider we believe that success mean satisfied and happy customers.
06: Sona Cement
Sonapur Minerals & Oil Pvt. Ltd. is one of the leading cement companies in Nepal.This is the largest cement company in the Western Nepal. They produce both PPC and OPC cement in Nepal.

07: CG Cement
CG Cement is one of the leading & best-selling cement companies in Nepal. Its fully compact cement factory situated at Dumkibas, Nawalparasi. It uses the modern technology to control the process and becomes best cement manufacturing industries in Nepal.

07 Brij Cement Industry:
08: Bishal Cement
This company Established in 2010 to make Nepal independent in cement production. Bishal Cement is a top cement company in Nepal and one of the leading manufacturers of cement in Nepal.

09: Agni Cement
Agni Cement is a reputed cement manufacturer in Nepal. It produce Ordinary Portland Cement and Portland Pozzolana Cement in Nepal.
10: Unitech Cement
Unitech Cement is a product of Reliance group of Industries. This is one of the popular cement products in Nepal.
Given list of cement manufacturing companies in Nepal produce best quality cement in Nepal. consult nearest dealer to get the Price of OPC and PPC cement in Nepal.

11.Ghorahi cement Industry:

Ghorahi Cement Industry Private Limited is a subsidiary of Triveni Group in partnership with Vishal Group and acts as a sister concern to its other cement companies, Vishwakarma Cement, Shree Pashupati Cement and Kapilvastu Cement.

The company was established in the year 2009, set amidst the town of Ghorahi, Dang, the largest valley of Asia, situated in Western Nepal.

The manufacturing unit has the capacity to produce 1900 MTPD Clinker and 2200 MTPD Cement and is the Largest Cement Industry that exists in Nepal in the Private Sector.

Sagramatha OPC and Sagarmatha Gold PPC are the Cement Brands of GCIPL.

November 3, 2020 |

Leading & Best engineerings & architects

0

.East Consult P.Ltd:4422191,4442412

.Silt Consult : 014487558,4473573,4495163

Building Design Authority

.Soil Test P.ltd

.Iteco:014106776,4106838

North Star Engineering

Multi Displinary 

BDA Nepal p.ltd

CMS Engineering p.ltd

.Nepal Consult

.EMES

Pumori Group

MEH consultant

.Geoce Consultant:sanepa 0155221175,5545542

.Sigmacon;Electrical construction

Shah Engineerings

Sitara Consult p.ltd

.Angel Engineering Consultancy:01553024

.PACE consult

.Cemat Water Lab ( Water Lab)

 

.Unique Engineering Consultancy:015549332

.Abhiyanta Nepal:

October 29, 2020 |

Leading A class-construction company in Nepal

0

Find the leading  construction company in Nepal.

.Hirachan Construction:9851036014 Rabi shingh

.Raman Construction

.Kalika Construction

Arniko Nirman Sewa 

Bk shretha & Builders

CE construction

Chitwon Coe 

.Swanchhanda Nirman company

.Samanantar Nirman

.Sharma & Company

.Nepal AdrashaNirman Company

.Himalayan Builders

.BK shrestha Builders

.Orbit Construction

.Tundi construction

.Lama construction

.gorkha Construction

.ANK Construction

.Gajurmukhi Construction:014786287,4785903

.Medha Builders

.Ashis Nirman sewa

.Rainbow Construction Co.

.Samar Group

.KSNS co.

.Shretha construction

.G.A Builders.CE construction

.Kancharam construction

.Paramount Construction

Surya Construction

Paradise Construction

-HC group Nepal

Tulsi Bhakta Construction

Khani Nirman sewa

Shree Bhagat Construction: 014100607

Gauri Parbati Construction:014286548,4286861

kancharam construction:014463068

Khadka Nirman Sewa:081403026

-Sabira Construction:9841378937,9841176708

Rising construction:01520489,9849959976

Himal hydro general construction:

BKOI Buiders:014428769

-RB construction:014374474,014372779

Shailung construction:015230389,5573017

KD construction:061550243

.Waiba Infrasture

.A.M Construction:9851025130

.Akel construction:9851026792,9851122723

.Amar Construction:9851025353

.Amrit Nirman Sewa:9851025713

.Baglamukhi construction:9851063600

Con-Tech;9851021971

.Everest nirman:9851024235

gokarna Nirman:9851021258

.Gorkha Construction:98511251

.Gouriparvati Nirman:9851044390

.Habitat Construction:9851039614

.High Himalaya Hydropower:9851054959

.Him dhung & Thokar Construction:9851069771

.Kankai International:9851067549

.krishna construction & Eng.:9851121604

.Lama Construction:9851023944

.Laxmi shrestha co;9851026918

.Laxmi saraswati nirman>9856035728

.M,A construction:9851026244

;M.B construction:9851023196

,m.K Nirman sewa:9851110585

.Mudhbhary &Joshi:014241182,4231513

.Nepal Pragati Nirman:9841396962

.New Everest construction:9851021705

.P.S construction:9851047057

.Pacific Builders:985110935

.Prera Nirman:9851079130

.Prithivi Nepal construction:014387688

.Prithivi engineering & Builders:9851082453

.R.J construction:9851044181,4390685

.Rabina construction;9851021241

.Ramechap sherpa construction:9851084127,015178160

.Rasuwa construction?9851115787,4354367

.Ranipauwa Nirman:9851032683

.Rayamajhi Construction:9851021864

.Shrestha construction:9851063600

.Salisa construction:9811880881

.Pawan engineering:9851023395

.Shailung group;5230389

.Friends Construction:014109612,98510656504

.Golden good Sherpa co.:9801139986,014107909

.National estate Builders:014280918,4279761

.Road and Building Co.:9851021294,014374474

.Structen Construction:9841470208

.

 

 

October 28, 2020 |
Copyright 2015 by Nepal Construction. All Rights Reserved.
Skip to toolbar