जब भाटभटेनीको कारोबार ५० अर्ब रुपैयाँमा

0

जब हामी भाटभटेनीको कारोबार ५० अर्ब रुपैयाँमा पुर्‍याउँछौं, त्यतिबेला हामी यसलाई सेयर बजारमा सूचीकृत गर्छौं। भाटभटेनी सबैको हो। र, हामी कति पानीमा छौं जोखिन पनि सेयर बजारमा सूचीकृत गर्नुपर्छ।

काठमाडौं। काम नपरे पनि बाटो पर्दा मीनबहादुर गुरुङ शिक्षण अस्पतालतिर पसिरहन्थे। सँधै झै एक दिन यसै टहलिँदै भित्र पुगेका थिए। त्यहाँ उनले जे देखे त्यसले उनलाई विक्षिप्त बनायो। बिरामीका कुरुवा चिसोमा सुतिरहेका थिए। उनलाई लाग्यो, भित्र डाक्टरले बिरामीलाई जाँचिरहेका होलान्, त्यो त उनीहरुको जिम्मेवारी नै भयो। तर, बाहिर सुतेको मानिसको हालतले मीनबहादुरलाई नमिठोगरी चिमोट्यो। कारण विशेष थियो, आफन्तको उपचारका लागि आएका मानिस दुई सालिकको फेदमा सुतेका थिए। सालिक थियो – मीनबहादुरकै बा र आमाको। मीनबहादुर अर्थात्, भाटभटेनी सुपरमार्केटका साहु।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्षको बेहाल देखेका गुरुङले आफ्नो निजी लगानीमा २०६८ सालमा त्यसको ठीक पूर्वतिर नयाँ आकस्मिक उपचार कक्ष नै तयार गरिदिए – १० करोड रुपैयाँ खर्चमा। उनका बा र आमाको स्मृतिमा अस्पताल बनाएपछि उनले सालिक पनि राखेका थिए। त्यही सालिकमुनि कुरुवाको हालत खराब देखेपछि गुरुङ भक्कानिए।

‘मजस्तै मानिस मेरो बुबा र आमाको स्टाचु मुनि सुतिरहेको छ। म सहन नै नसक्ने भएँ,’ गुरुङले भने, ‘भित्र उहाँको उपचार भयो होला। तर बाहिर पनि बस्न सुविधा छैन।

July 11, 2020 |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =

Copyright 2015 by Nepal Construction. All Rights Reserved.
Skip to toolbar