Cement Adhesives are Manufectured in Nepal

0

Gorkha Eco Panel

काठमाडौं । स्थायी तथा अस्थायी संरचनाको निर्माण गर्दा इँटाको विकल्पमा प्रयोग गरिने इको प्यानलको जोडाइमा प्रयोग हुने एडिसिभ(adhesive) सिमेन्टको नेपालमै उत्पादन सुरु भएको छ । हालसम्म विदेशबाट आयात गरी प्रयोग भइरहेकोमा नेपालमै पहिलो पटक गोर्खा इको प्यानलले यो सिमेन्टको उत्पादन थालेको हो ।

यो सिमेन्ट इको प्यानलको जोडाइका साथै बाथरुम र किचेनका टायलहरु टाँंस्न प्रयोग गरिन्छ । इको प्यानलको जोडाइमा प्रयोग हुने यो सिमेन्ट अन्य सिमेन्ट भन्दा फरक हुन्छ । सामान्य सिमेन्ट भन्दा यसको कम्प्रेसिभ स्ट्रेन्थ(जोडाई क्षमता) मजबुत हुने भएकाले इको प्यानलको जोडाईमा यही सिमेन्ट आवश्यक पर्छ ।

उत्पादित सिमेन्ट प्रति बोरा ५० केजीको छ । यसअघि चीनबाट आयातित गरिआएकोमा अहिले बहराइनस्थित साझेदार कम्पनी अल खाजाको प्रविधि नेपालमा भित्राई यसको उत्पादन नेपालमै सुरु गरेको गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत(सीइओ) इञ्जिनियर कृष्णभक्त दुवालले बताए ।

भारतबाट आयातित प्रिफ्याब प्यानलहरुले ज्वाइन्टमा सिमेन्टको प्रयोग नगरे पनि गोर्खा इको प्यानलले यो सिमेन्ट प्रयोग गर्दै आएको सिईओ दुवालले बताए । ल्याबमा पूर्ण परीक्षण पश्चात मात्रै यो सिमेन्ट बजारमा पठाउने उनले बताए । सकेसम्म अत्यधिक स्वदेशी कच्चा पदार्थको प्रयोगबाट यो सिमेन्टको उत्पादन थालेको उनले जनाए । एडिसिभ सिमेन्टको प्रयोगले इको प्यानलमा भएका टंङ्ग एण्ड ग्रुभको जोडाई मजबुत हुने उनले बताए ।

ल्यावमा परीक्षण गर्दा यसको  कम्प्रेशिभ स्ट्रेन्थ ४० एमपीए रहेको जनाइएको छ जुन अन्य सिमेन्टमा भन्दा धेरै हो । यो एडिसिभ सिमेन्ट चाँंडो सुक्ने भएकोले काम गर्न सहज हुने बताइएको छ ।

एडिसिभ सिमेन्टको उत्पादन थालेको गोर्खा इको प्यानल स्वदेशमै इको प्यानल उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी हो । यो आईएसओ ९००१:२०१५ चिन्ह प्राप्त कम्पनी हो । ‘निर्माण सामाग्रीमा हरित क्रान्ति’ भन्ने नाराका साथ कम मात्रै प्राकृतिक श्रोतसाधनको प्रयोग गरी यो कम्पनीले स्वदेशमै निर्माण सामाग्री उत्पादन गर्दै आइरहेको छ । कम्पनीले काठको विकल्पको रुपमा पूर्ण वातावरणमैत्री यूपीभीसीको झ्याल ढोकाहरु पनि उत्पादन गर्दै आएको छ ।

Source:bizshala

July 25, 2017 |

Leave a Reply

Your email address will not be published.

nineteen + 17 =

Copyright 2015 by Nepal Construction. All Rights Reserved.
Skip to toolbar