Tops Tips For: Room Interior

0

 

 

 

                  
     फर्निचर-Furnitures
सामान्यतया कोठामा प्रयोग गरिएको रङसँग मिल्ने किसिमको फर्निचरले सजावट आकर्षक देखाउन मद्दत गर्छ । क्रिम, हलुका खैरो, सेतो आदि रङ लगाइएको कोठामा सेतो अथवा कोठाकै रङजस्तो फर्निचर राख्दा आकर्षक देखिन्छ । सेतो रङ प्रयोग गरिएको कोठामा शुद्ध रातो वा रातो र सेतो रङको स्ट्रिप तथा अन्य हलुका बुट्टायुक्त सोफा राख्दा पनि कोठाको रौनक रोमाञ्चक बन्छ । यस्तो कोठामा कालो वा खैरो रङका फर्निचर पनि आकर्षक देखिन्छ । काढा रङ लगाइएको कोठा वा घरको अन्य भागमा सेतो वा अन्य हलुका रङका फर्निचर राम्रो खुल्छ । केही भागमा फूलको बुट्टा भएको सोफा पनि राम्रो देखिन्छ ।
कोठाको सुन्दर सजावट भनेको केबल शयनकक्ष (बेडरुम) मात्र होइन । घरका सबै स्थान तथा कोठाको सहज र सरल तरिकाले आकर्षक सजावट गर्न सकिन्छ । सजावटलाई रोमाञ्चक अथवा ‘रोमान्टिक’ बनाउन पनि सकिन्छ । रोमान्टिक सजावटको धारणा व्यक्तिपिच्छे फरक हुन सक्ला । तथापि आफ्नो कोठा सुन्दर र आकर्षक देखियोस् भन्ने इच्छा सबैलाई हुन्छ । यसैले सजावटलाई रोमाञ्चक बनाउन आफ्नो रुचिअनुसार अलगअलग तरिकाले गर्न सकिन्छ । कोठालाई सुन्दर र रोमान्टिक देखाउन यी चिजमा ध्यान दिन जरुरी छ ।

रङ (कलर)Paints

तरिका मिलाएर प्रयोग गर्ने हो भने कुनै पनि रङ (कलर)को प्रस्तुति रोमान्टिक बनाउन सकिन्छ । रङ लगाउँदा कोठा (वा अन्य स्थान) को बनोट, आकार, प्राकृतिक प्रकाश आदिको अवस्थामा भने विचार पु¥याउनुपर्छ । प्रायः मानिसको रुचि आफ्नो कोठामा हलुका र उज्यालो रङ लगाउन हुन्छ । जस्तै – सेतो र क्रिम कलर । हलुका रङले कोठालाई फराकिलो र उज्यालो पनि देखाउँछ । यसकारण इन्टेरियर डिजाइनर वा रङ प्रयोगका जानकारहरुको परामर्श लिन नसकिने अवस्थामा हलुका रङ प्रयोग गर्नु नै उचित हुन्छ

फेब्रिक्स -Fabrics
1सजावट आँखाले अनुभव गर्ने कुरा भएकाले हेर्दा सुन्दर बनाउनुपर्छ भन्ने मान्यता हामीमा रहेको छ, जुन धेरै हदसम्म सही पनि हो । तर, राम्रो सजावटका लागि यो मात्र पर्याप्त हुँदैन । सजावट सुन्दर देखिनुका साथै स्पर्श गर्दा छुट्टै आनन्द पाउने किसिमको पनि हुन जरुरी छ । यसको अर्थ सजावटमा फ्रेबिक्सको प्रयोग पनि महत्वपूर्ण हुन आउँछ । फेब्रिकको रेशमी (सिल्की) र नरम (सफ्ट) पनाले छुट्टै आराम प्रदान गर्छ । हामीले कोठाका विभिन्न ठाउँमा राख्न प्रयोग गरिने चकटी धेरै मोटो र कडा हुनुहुँदैन । यसको साटो नरम कटन, सेनिल, सिल्क, भेल्भेट तथा कस्मिरी आदि कपडाको प्रयोगले सजावटमा आकर्षणको स्तर बेग्लै बनाउँछ । झ्यालको पर्दाका लागि पनि समानान्तर र सरल किसिमको फेब्रिकको प्रयोग गरे कोठाको सुन्दरता थप बढाउन सकिन्छ ।

बत्ती/ प्रकाश-Light & Lamps Shades

-4कोठामा रोमान्टिक वातावरण सृजना गर्न बत्तीले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । हलुका र मधुरो लाइटको प्रयोग कोठामा न्यानोपन र आरामदायीपन ल्याउने मुख्य तरिका हो । यसका लागि कोठामा मधुरो बल्ने बत्तीको स्वीच अरु स्वीचहरु सँगै राख्नु बेश हुन्छ । कुनै पनि कोठाको वातावरण तुरुन्तै परिवर्तन गरेर रोमान्टिक बनाउन मधुरो प्रकाशजत्तिको उपयुक्त अरु केही हुँदैन । यसकारण कोठामा सुहाउँदो प्रकारको हलुका र मधुरो लाइटको उचित संयोजन प्रशंसायोग्य इन्टेरियरमा एउटा ‘स्मार्ट’ छनोट पनि हो ।

प्याट्रन Pattren
जब हामी कोठाको सजावटको बारेमा सोच्छौं, तब यसमा केही प्याट्रन पनि समावेश गर्नु उचित हुन्छ । परम्परागत शैलीमै पनि हामी कोठाको प्याट्रन छनोट गर्न सक्छौं । स्वच्छ फूल, इनडोर प्लान्ट, दमास्क आदिलाई प्याट्रनका रूपमा प्रयोग गर्न सकिन्छ

Meet best consultancy interior

source:property today

July 19, 2017 |

Leave a Reply

Your email address will not be published.

16 + 6 =

Copyright 2015 by Nepal Construction. All Rights Reserved.
Skip to toolbar